Media Network

देउवासँग कुनै मनमुटाव छैन्, हामी मिलिसक्यौ :डा. शेखर कोइराला


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताएका छन् ।नेता कोइरालाले मोरङको हरैंचामा चुनावी कार्यक्रममा बोल्ने क्रममा कार्यकर्तालाई विवाद नगर्न सुझाव दिँदै  देउवा र आफू मिलिसकेको बताएका हुन् । 

कोइरालाले स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस् भन्दै  कार्यकर्तासँग उनले आग्रह गर्दै भने, ‘तुष मैले त त्यागीसकें । तपाईंहरुले किन नत्याग्ने?’

१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनले सुनाए । ‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’ कार्यकर्तालाई उनले प्रश्न गरे, ‘किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’

प्रतिस्पर्धा तलदेखि देउवासँग आफ्नो भएको र त्यो लडाइँ अब समाप्त भइसकेको उनले बताए । ‘शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु,’ कोइरालाले भने, ‘मेरा कुरा सुनिरहनु भएको छ ।

 मेरो कुरा मानिरहनुभएको छ । तर, तपाईंहरु तल किन लडिरहनुभएको छ । मैले बुझिरहेको छैन । केको लागि लडिरहनुभएको छ ?’दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त नहुने उनले सुझाए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद