Media Network

कांग्रेसमा उपसभापति श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

काठमाडौं। नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा एक सय १० सदस्यीय परिचालन समिति गठन गरेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद