Media Network

उपयुक्त अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने : अर्थमन्त्री


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०८०,सोमबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा २०८० र ८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै  पयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गन भनिएको बताए ।

‘हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो। तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन । ’महतले भने ।

‘चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो । जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौ । भुटानले पनि त निर्यात गरिरहेको छ । ढुङ्गा के खनिज जन्य होइन र ? अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन् ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद