Media Network

वामदेवले मागे एमालेमा ओलीपछिको दोस्रो वरीयता


खबरस्टोरी संवाददाता

३ असार २०८०,आईतवार

काठमाडौँ । नेता वामदेव गौतमले एमालेमा समाहित हुँदा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता मागेका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा भएको भेटवार्तामा आफू एमालेमा समाहित हुन तयार रहेको तर आफूसहित नेता कार्यकर्ताको उचित व्यवस्थापन हुनुपर्ने सर्त गौतमले राखेका छन् । 

‘म एमालेमा समाहित हुन तयार छु । तर, एमालेमा पहिला पनि म उपाध्यक्ष थिएँ । अबपनि अध्यक्षपछि दोस्रो वरीयता हुनुपर्छ’, गौतमले ओलीसँगको कुराकानीमा सर्त अघि सारेका थिए । 

गौतमको सर्तमा ओली आफू सकारात्मक रहेको भन्दै त्यसबारे पार्टी बैठकमा छलफल गरेर निर्णय गर्न सकिने बताएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद