Media Network

विप्लव नेकपाको ६स्थायी समिति गठन


खबरस्टोरी संवाददाता

६ कार्तिक २०७९,आईतवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ ।

नवौं महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको बैठकले २९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । ६ जनाको स्थायी समिति सदस्यमा महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सन्तोष बुढामगर, अनिल शर्मा ‘विरही’, उमा भुजेल ‘सिलु’ र भरत बम ‘रणविर’लाई चयन गरेको हो ।

पोलिटब्यूरोमा २९ जना र चयन गरिएको छ । ८१ जना पूर्ण केन्द्रिय सदस्य ४५ जना बैकल्पिक सदस्य १३९ जना केन्द्रीय प्रतिनिधि समिति सदस्य चयन गरिएको नेकपा स्रोतले बताएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद