Media Network

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन शुरु


खबरस्टोरी संवाददाता

२५ आश्विन २०७९,मंगलवार

काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन मंगलबारदेखि कपिलवस्तुमा शुरु हुँदैछ । महाधिवेशन कपिलवस्तुको शिवगढीमा हुँदैछ । काठमाडौंमा हुने भनिएको महाधिवेसनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव विप्लवले गर्दैछन् । 

दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेसनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ ।  

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रवाट अलग्गिएर मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेका चन्द सो पार्टी पनि बिभाजन गरी नेकपा गठन गरेका थिए ।  पछिल्लो पटक विप्लवले मंसिर ४ को स्थानीय चुनाव उपयोग गरेपछि विप्लवबाट धर्मेन्द्र बास्तोलाको समूह अलग भई नेकपा (बहुमत) बनाएका छन् । 

तीन बर्षअघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि बिभाजन भएपछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनका वारेमा धारणा बनाउने बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद