Media Network

६४ वटा प्रश्नको फेस गदै चोलेन्द्र


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सुरू भएको छ ।

 बिहान ११ बजेदेखि नै महाअभियोग सिफारिस समितिको बैठक बस्ने भनेपनि निर्धारित समयभन्दा करिब डेढ घण्टापछि बयान सुरू गरिएको हो ।।समितिले उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोध्ने तयारी गरेको छ  । तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ ।

यसअघि नेपाल बारले राणामाथिको महाअभियोग प्रस्तावलाई पुष्टि गर्न आरोपसँग सम्बन्धित कागजात समितिलाई पेस गरेको छ । बारको ३५ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश छन् । 

गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद