Media Network

विद्यालय शिक्षा विधेयक संसदमा पेश


खबरस्टोरी संवाददाता

१४ आश्विन २०८०,आईतवार

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक सभामा पेश गरेका हुन् ।

गत भदौ २७ गते मन्त्री राईले नै प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेका थिए । विधेयकलाई लिएर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन समेत गरेका थिए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने सहमति सरकारले गरिसकेको छ ।

विधेयक पेश गर्नु अगाडि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । उनले विद्यालय शिक्षा विधेयकका जिल्ला शिक्षा कार्यालय ब्यूँताउने प्रस्ताव राखिएको भन्दै प्रतिगमनको संज्ञा दिएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद