Media Network

विवादमा गृहमन्त्री, देलान् त राजीनामा ?


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विवादमा तानिएका छन् ।विवाद चर्किँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने यो विषयमा मौन नै देखिएका छन् ।

ले उनलाई कहिलेसम्म बोक्छन् भन्ने प्रश्न उठ्न थालेको छ ।पार्टीभित्रकै नेताहरुलाई समेत नछाडेर अनुसन्धानको प्रक्रियामा लैजान तयार भएका प्रधानमन्त्री दाहाल गम्भीर प्रश्न उठेका गृहमन्त्रीमाथि छानबिन गर्न एउटा समिति गठनसम्म गर्न तयार देखिएका छैनन् ।

सर्वसाधारणले बचत गरेको रकम हिनामिनामा संलग्न रहेको एकपछि अर्को प्रमाण सार्वजनिक हुन थालेको छ । प्रक्रिया नै नपुर्याइकन लामिछानेले गैरकानूनी रुपमा बुटवलस्थित सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ नै लिएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

शंकास्पद भूमिकापछि लामिछानेमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसदीय छानबिन समिति गठनको माग गरेको छ । आफ्नो गास कटाएर जम्मा गरेको पैसा हिनामिना भएपछि पीडितहरू आन्दोलनमा छन् ।

माओवादीभित्रै गृहमन्त्रीमाथि नैतिक संकट आएकाले राजीनामासम्म दिनुपर्ने विषय यतिबेला उठ्न थालेको छ ।लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । यसैले आफूमाथि जुनसुकै समितिले छानबिन गरे पनि आपत्ति नहुने बताउँदै आएका छन् ।

सहकारी प्रकरणमा फेरि नाम जोडिएपछि लामिछानेले मंगलवार सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेखेको विषयमा उनी सभापति रहेकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले असन्तुष्टि जनाएका छन् । सहकारी प्रकरणका अन्य सबै दोषीसँगै रवि लामिछानेमाथि पनि प्रभावकारी छानबिन गर्नुपर्ने विषय उनकै पार्टीभित्र उठेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद