Media Network

विवादमा मुछिए पर्यटनमन्त्री किराँती, धर्मबारे दिएको अभिव्यक्तिको चौतर्फी आलोचना


खबरस्टोरी संवाददाता

५ पुष २०८०,बिहीबार

काठमाडौं । पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् । विवादास्पद अभिव्यक्तिका कारण पटक पटक विवादमा आईरहने मन्त्री किराती यो पटक पनि विवादित बनेका छन् ।

एक कार्यक्रममा बोल्दै उनले ‘क्रिस्चियनलाई मान्दिन भन्नू संविधान मान्दिन भन्नू हो । संविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हाल्दिने हो ।’ भनेका थिए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनलाई कारवाहिको माग गरेका छन् ।

सार्वजनिक पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएको भन्दै उनलाई कानुनबमोजिम कारबाही गर्न थापाले माग गरेका हुन् ।‘साम्प्रदायिक विद्वेष फैलाउने किरातीलाई कानुन वमोजिम कारबाही गरियोस्,’ उनी लेख्छन्, ‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्रीलाई तत्काल वर्खास्त गर्नुपर्दछ ।’





Share:
Reaction :
ताजा समाचार
खेलकुद