Media Network

यो चुनावमा बाहिरिदैँ यी चर्चित अनुहार


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७९,सोमबार

काठमाडौँ।पछिल्लो राजनीति परिर्वतनको विभिन्न भूमिकामा सक्रिय देखिएका राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारी दर्ता गरेका छैनन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही युवा पुस्तालाई हस्तान्तरण गर्ने भन्दै सक्रिय राजनीतिबाट विदाई गरेका छन् ।

निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभामा तीन सय ३० निर्वाचन क्षेत्रका लागि सयौँले उम्मेदवारी दिएका छन् । त्यसमा कतिपय चर्चित अनुहार देखिएका छैनन जसमा कोहीलाई पार्टीले टिकट नदिदाँ स्वतन्त्र उम्मेदवार दिएका छन् भने कति असन्तुष्ट भएर बसेका छन् ।

सत्तापक्षको बाम गठबन्धनले शिर्ष नेता तथा प्रभावशाली नेताहरु यस पटको चुनाबमा अट्न सकेका छैनन् । नेपाली कांग्रेसबाट मिनेन्द्र रिजाल, राम शरण महत र माओवादीबाट त्रिलोचन भट्ट ले टिकट पाएका छैन भने एमाले तर्फबाट भिम रावल ,घनश्याम भुसालले टिकट पाएका छैनन्।

सभामुख अग्नि सापकोटा उम्मेदवार बनेका छैनन् । उनले युवाका लागि छाडिदिएको बताए । २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित उनी यसपटक उम्मेदवार नै बनेनन् । उनले आफ्ना भतिज माधव सापकोटालाई उम्मेदवार बनाए ।

नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई यसपटक चुनावी मैदानमा उत्रिएनन् । युवालाई छाडेको बताएका भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने भएका छन् । डा। भट्टराईले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँ ७ बाट उम्मेदवार बनाएका छन् ।

यसैगरी, एमालेका भीम रावल, घनश्याम भुसाल, रामवीर मानन्धर, गंगा चौधरीले टिकट पाएनन् । पार्टीले टिकट नदिएपछि भुसालले रुपन्देही १, रामवीर मानन्धरले काठमाडौं ७ र गंगा चौधरीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसका डा। मीनेन्द्र रिजाल, अमरेशकुमार सिंह, डा। रामशरण महतले पनि टिकट पाएनन् । सिंहले भने सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । रिजाल र महत समानुपातिकमा समेत परेनन् ।

माओवादीका अग्नि सापकोटासहित कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, हेमराज भण्डारीले पनि पार्टीबाट टिकट पाएनन् । भण्डारीले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अरुले उम्मेदवारी नै दिएनन् ।

मुख्यमन्त्री भइसकेका एमालेका डोरमणि पौडेल र माओवादीका त्रिलोचन भट्टले पनि यसपटक टिकट पाएनन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका कुलप्रसाद केसीलाई पनि माओवादीले टिकट दिएन ।

एकीकृत समाजवादीका महासचिव डा। विजय पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका भवानीप्रसाद खापुङ, हीराचन्द्र केसीले पनि टिकट पाएनन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद