१. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा  पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।
२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा ९१० बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 
३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने । 
४. सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने ।
५. नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा  रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।
६. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा रवि मल्ललाई नियुक्त गर्ने ।