Media Network

एनआरएनएको अध्यक्षमा महेश श्रेष्ठले गराए उमेदवारी दर्ता


खबरस्टोरी संवाददाता

२९ आश्विन २०८०,सोमबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् । श्रेष्ठले पदाधिकारीका अन्य उमेदवारसहित सोमबार  निर्वाचन समितिको कार्यलयमा उमेदवारी दर्ता गराएका हुन् ।

मंगलबार (भोलि)देखि काठमाडौंमा एनआरएनएको ११औँ महाधिवेशन दर्ता गराइरहेका छन् ।

एनआरएनका वर्तमान उपाध्यक्षसमेत रहेका श्रेष्ठले ‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका नेपालीहरूको भावना विभाजित भएको र कामभन्दा कुरा बढी गर्नेहररूको हाबी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न आफ्नो नेतृत्व आवश्यक’ रहेको बताएका छन् ।

एनआरएनएको अध्यक्ष पदमा श्रेष्ठसँगै वर्तमान अध्यक्ष डा. बद्री केसी, वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मालगायतले उमेदवारी दिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद