Media Network

एनआरएनको अध्यक्षमा ४ जनाको उमेदवारी


खबरस्टोरी संवाददाता

३० आश्विन २०८०,मंगलवार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा ४ जनाको उमेदवारी रहेको छ । आगामी दुई वर्षको नेतृत्वका लागि प्रतिस्पर्धामा आएका ४ जनामध्ये २ जना हालका अध्यक्ष हुन् भने २ उपाध्यक्ष हुन् ।

एनआरएनएको निर्वाचन समिति कार्यालयका अनुसार एनआरएनको अध्यक्ष पदमा रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार (आरके) शर्माको उमेदवारी रहेको छ । केसी र थापा हालका अध्यक्ष हुन् भने, श्रेष्ठ र शर्मा उपाध्यक्ष हुन् ।

मंगलबार (आज)देखि एनआरएनको ११ औं महाधिवेसन हुँदैछ । शुक्रबारसम्म चल्ने महाधिवेसन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार र बुधबार विश्वज्ञान सम्मेलनका रुपमा चल्ने महाधिवेसनमा आर्थिक क्षेत्रका विभिन्न विषयमा छलफल हुनेछ ।

बिहीबार काठमाडौंमा उपस्थित मतदाताले मतदान गर्ने छन् भने विश्वभरका मददाताले अनलाइनबाटै फेसियल भेरिफिकेसनको आधारमा मतदान गर्न पाउने छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद