Media Network

इजरायल–हमास युद्ध : यस्तो अवस्थामा छन् अपहरणमा परेका नेपाली नागरिक


खबरस्टोरी संवाददाता

२१ आश्विन २०८०,आईतवार

काठमाडौँ।शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ चलिरहेको छ। सुरुमा हमासले इजराइलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।

त्यस क्रममा हालसम्म हमासको आक्रमणमा ३०० जना भन्दा बढी मारिएको इजराइलले जनाएको छ। त्यस्तै गाजामा २३० भन्दा बढीको मृत्यु भएको छ।

इजराइलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बताएको छ।  

१४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको परराष्ट्र मन्त्रालयले बताएको छ मन्त्रालयको अनुसार नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको छ ।

तर खबरस्टोरीको स्रोतका अनुसार हमलाको क्रममा १७ जना नेपाली अपहरणमा परेको सुचना पाइएको छ।नेपाली कामदारहरू कार्यरत रहेको गाजा क्षेत्रको कृषि फर्ममा रकेट प्रहार हुँदा उनीहरू घाइते भएका हुन्।

 १७ जना नेपालीलाई हमासले केही समय आफूसँगै राखेको र पछि छोडिदिएका थिए । दुई पक्षबीच युद्ध नरोकिँदा अहिले ती नेपालीहरूको उद्धार गर्न सकिएको छैन ।

हमास र इजरायली सेनाबीच गोलाबारी चलिरहेका कारण गाजापट्टीमा जान सक्ने अवस्था छैन । गाजापट्टीमा कति जना नेपाली छन् र कस्तो अवस्थामा छन् भन्ने पनि केही खुलेको छैन ।

युद्ध चलिरहेको क्षेत्रमा अधिकांश मानिस बंकर भित्र बसेको र बंकरमा बस्दा मोबाइलले काम नगरेका कारण पनि धेरैसँग सम्पर्क हुन नसकेको भनाइ नेपाली दूतावासको छ ।



हमलामा पर्ने नेपालीहरू नेपाल र इजरेलबीच भएको सरकार–सरकारबीच (जीटुजी) सम्झौता अनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन्।

त्यहाँ अहिले करिब आठ सय जति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेका छन्।नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन्।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार इजराइलमा विभिन्न क्षेत्रमा काम गर्न गएका नेपालीहरूको सङ्ख्या करिब पाँच हजार रहेको छ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ । नेपालीको सुरक्षा, सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले बातएको छ।

 इजरेलमा ३ हजारभन्दा माथि हमासको लडाकुहरु पसेका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद