Media Network

इजरायलको बंकरमा बसेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे सम्वाद


खबरस्टोरी संवाददाता

२२ आश्विन २०८०,सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् ।प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका हुन् ।

सम्वादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषद्देखि सर्वदलीय बैठक बोलाएको बताए ।

बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद