Media Network

ईपीएस भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण


खबरस्टोरी संवाददाता

१७ बैशाख २०८०,आईतवार

काठमाडौं । दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण भएका छन् ।सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान २३ फागुन २०७९ देखि १३ वैशाख २०८० सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको हो ।

वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार दोस्रो चरणमा ७ हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका थिए। त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए ।

कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि ३ हजार १ जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो। ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूको २५ वैशाखदेखि ४ जेठसम्म सीप परीक्षा हुने ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।

ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए। इपीएसमार्फत सन् २०२२ मा कृषि तथा पशुपालन र उत्पादनतर्फ १५ हजार बढी नेपाली कोरिया रोजगारीमा पुगिसकेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद