Media Network

नेपाल आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)


खबरस्टोरी संवाददाता

१५ मंसिर २०८०,शुक्रबार

काठमाडौँ।नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परिक्षामार्फत् कर्मचारी माग गरेको छ ।निगमले खुल्ला तर्फबाट आँठौ तहदेखि चौँथो तहसम्म कर्मचारी माग गरेको हो । यस्तै आयोगले आन्तरिक तर्फबाट दश तहदेखि पाँचौ तहसम्म कर्मचारी माग गरेको छ ।

निगमको परिक्षामा खुल्ला तर्फबाट आवेदन दिने ४ र ५ तहको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको एवं तह ६, ७ र ८ को हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर महिला एवं अपाङ्ग उम्मेदवारको हकमा भने दरखास्त दिने अन्तिम मितिसम्म उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनुपर्नेछ। तर निगमको सेवाको पदमा स्थायी बहालवाला कर्मचारीलाई उमेरको हद लाग्नेछैन ।

दरखास्त दिने उम्मेदवारका लागि ८, ७ र ६ तहका लागि परीक्षा दस्तुर १ हजार रुपैयाँ लाग्ने छ । यस्तै तह ५ का लागि ४०० रुपैयाँ र तह ४ का लागि ३०० रुपैयाँ र तहविहीनका लागि २०० रुपैयाँ लाग्ने छ । एउटै पदका लागि १ भन्दा बढी समावेशीमा दरखास्त दिने भएमा प्रति समावेशी तह ६ का लागि ४०० रुपैयाँ, तह ५ का लागि २०० रुपैयाँ, तह ४ का लागि १५० रुपैयाँ र तहविहीनका लागि १०० रुपैयाँ थप परीक्षा दस्तुर रकम बुझाउनुपर्नेछ ।

दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, अनुभव अवधि र अन्य योग्यताको प्रयोजनका लागि गणना गरिनेछैन । दरखास्त साथ आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्मका प्रमाणित प्रमाणपत्रहरू पेस गर्नुपर्नेछ । इच्छुकले आज मंसिर १५ गतेदेखि २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नसक्ने जनाएको छ ।

खुला तर्फ आवेदन दिने योग्य नेपाली नागरिकहरूले  https://erecruitment.nepaloil.org.np/users/login  मा गएर अनलाइन फारम भर्न सक्ने जनाएको छ ।

यस्तै आन्तरिक तर्फ आवेदन दिनेले https://hr.nepaloil.org.np/selfservice/vacancies मा गएर अनलाइन फारम भर्न सक्ने निगमले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद