Media Network

बबरमहलमा ‘पेलिकन क्रसिङ’ पैदलयात्रुले बाल्ने ट्राफिक लाइट


खबरस्टोरी संवाददाता

११ मंसिर २०८०,सोमबार

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिमैत्रि  ट्राफिक लाइट सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यसे ट्राफिक लाइट बबरमहलमा आज बिहानबाट सञ्चालनमा आएको हो ।

हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् ।

 बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए ।

श्रेष्ठले भने ‘पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ र गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्छन् । त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ।’ 

उनले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने भएर जडान गरिएको बताए। उनले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद