Media Network

ट्वीटरको लोगो परिवर्तनपछि डोमेन पनि स्वीच गर्न थाल्यो


खबरस्टोरी संवाददाता

२८ श्रावण २०८०,आईतवार

काठमाडौँ। सोशल मिडिया प्लेटफर्म ट्वीटरलाई एक्सको रूपमा रिब्रान्ड गरेपछि अब कम्पनीले डोमेनहरू पनि स्वीच गर्न थालेको छ। यद्यपि, अहिलेको लागि यो परिवर्तन एप्पलको आईओएस प्रयोगकर्ताहरूको एक्स एपमा मात्र देखिन्छ।
जब आईओएस प्रयोगकर्ताहरूले आफ्नो आईफोन वा आईप्याडको एक्स एप मार्फत कुनै पनि पोस्ट अर्को एपमा सेयर गर्दैछन् । जुलाई २४ मा, एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्वीटर’ को नाम र लोगो परिवर्तन गरी एक्स राखे। यसपछि असार २६ गते राति कम्पनीका मालिकले लोगोको डिजाइनमा सानो परिवर्तन गरेका थिए । मस्कले एक्स लोगोलाई थप बोल्ड र शार्प बनाएको छ। मस्कले भनेका थिए लोगो समयसँगै विकसित हुनेछ।
यसै क्रममा मस्कले ट्वीटरको नाम ‘एक्स’ राख्दै ट्वीटरले आगामी महिनामा सबै प्रकारका वित्तीय सेवा उपलब्ध गराउने बताए । यस्तो अवस्थामा ट्वीटर नामको कुनै अर्थ रहँदैन।
एलोन मस्क एक्सलाई एक एरिथिंग एप बनाउन चाहेको बताए । जसमा उनले भुक्तानी सेवा लगायतका अन्य सुविधाहरू थप्न लागेका छन्। छिट्टै यसमा भिडियो तथा अडियो कलिङको सुविधा थपिने भएको छ ।
यसमार्फत प्रयोगकर्ताहरूले आफ्नो नम्बर साटासाट नगरी संसारको जुनसुकै ठाउँमा मानिसहरूसँग कुरा गर्न सक्षम हुनेछन्। यसका साथै आगामी दिनमा भुक्तानी, बैंकिङ र ई–कमर्स जस्ता सेवालाई पनि यसमा समावेश गरिनेछ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद