Media Network

आज देशभर भारी वर्षा हुने


खबरस्टोरी संवाददाता

१२ भाद्र २०७९,आईतवार

काठमाडौं । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने जनाएको छ ।

 महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन÷ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद