Media Network

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालतलाई पनि किने


खबरस्टोरी संवाददाता

१५ माघ २०७९,आईतवार

काठमाडौं।आफ्नो अर्बौको घर जग्गा बैंक र भूमाफियाले कब्जा गरेर घरबारविहीन बनाएको बताउँदै न्यायको लागि आग्रह गरेका छन् । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर पीडित गणेश अवाले दम्पतीले आफूलाई झुक्याएर आफ्नो जग्गा बैंकमा धितो बन्धकी राखेर ८० लाख ऋण लिएको बताएका छन् । 

आफ्नै घरमा भाडामा बस्ने नारायण कार्कीको सल्लाह अनुसार आफूले मामाको १० लाखऋण तिर्न जग्गा राख्दा आफूलाई जानकारी नै नदिएर ८० लाख ऋण लिएको बताए । कार्कीले रविन्द्र उप्रेतीसँग मिलेर आफ्नो जग्गा कब्जा गरेको समेत दम्पतीले रुँदै पत्रकार सम्मेलनमा जानकारी दिए । 

“मैले नारायणबहादुर कार्कीको कुरालाई विश्वास मान्दै मामाको जमीन नेपाल बैंकमा धितो राख्ने समझदारी भयो । तर, मामाको जग्गा गाउँमा भएकोले त्यसको मूल्याङ्कन कम हुने र रकम नपुग्ने भनि अवालेकै जमीन पनि बैंकमा राख्न कार्कीले सुझाए । त्यसपछि बैंकमा धितो राखेर ऋण लिई सापती लिएको पैसा फिर्ता गर्ने निर्णयमा पुगेँ ।१० वर्ष पछि १० लाख रुपैयाँ लिन भनि गरिएको धितो वन्धकी फुकुवा गर्न जाँदा सावाव्याज गरि ८० लाख ऋण लिएको थाहा पाएँ” गणेशले भने । 

आफ्नो जमिनको दुई करोड २५ लाख मूल्यांकन गरी माथबर सिंह र एक जना अर्की महिलालाई एक रोपनी जमिन बकस पत्र दिई पास गराएर लगेको र बाँकी जमिनमा आवसीय भवन बनाउने भनिएको गणेशले पत्रकार सम्मेलनमा जानकारी दिए । आवसीय भवन निर्माणपछि पनि एक रोपनी जमिन आफूलाई नै दिने सम्झौता र उक्त जग्गा कुमारी बैंकमा दृष्टि बन्धकी राख्ने भनिएको तर अहिले माधवर सिंहको नाममा राजिनामा गराई लगेको गणेशले बताए । 

कार्यक्रममा गणेश अवालकी पत्नी चिरी महर्जनले रँदै आफ्नो जमिन झुक्याएर कब्जा गरेको र अहिले घरबाटै उठेर जाउँ भन्दै धम्की आइरहेको बताइन् । उनले आफूहरुलाई अदालतले पनि न्याय नदिएको बताइन् । 

“अदालतले पनि जसले पैसा दिन्छ उसैको पक्षमा फैसला गर्ने रहेछ, हाम्रो सबै जग्गा जमिन कब्जा गरेर घरबारविहीन बनाएकोले घुस पैसा दिन सक्दैनौं, उनीहरुले अर्बौंको जमिन कब्जा गर्न अदालतसम्म पैसा पु¥याइरहेका छन्, त्यही खाएर अदालतले हामीलाई हराइयो” महर्जनले भनिन् । आफ्नो जमिन अरुले कब्जा गर्दा पनि हामीलाई नै हराउने कस्तो न्यायलय हो ? भन्ने प्रश्न समेत गरिन् । 

अवाले दम्पतीले आफूहरुलाई न्यायको लागि पहल गरिदिन हुन सबैसँग आग्रह गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद