Media Network

पूर्व बडामहारानी रत्नसँग जोडिएको झुटो इतिहासको कथा


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

काठमाडौ । हरि शमशेर जंगबहादुर राणा र मेखकुमारी राज्यलक्ष्मीदेवी राणाको कोखबाट वि.सं.१९८५ भदौ ४ गते काठमाडौको हरिभवनमा जन्मिएकी रत्नराज्यलक्ष्मीदेवी शाह तत्कालिन राजा महेन्द्रकी दोस्री श्रीमती थिईन् । उनी २०११ देखि २०२८ सालसम्म नेपालको बडामहारानी र २०२८ सालदेखि २०६५ सालसम्म मुमा बडामहारानीको रुपमा रहेकी थिइन् । 

रत्नकी दीदी इन्द्ररत्नराज्यलक्ष्मी देवी शाहले १९९६ मा तत्कालीन युवराजा महेन्द्रसँग विवाह गरेकी थिइन् ।उनको २००७ सालको प्रजातन्त्र आउनुअघि भदौ १८ गते मृत्यू भयो । त्यसको २ बर्षपछि महेन्द्रले रत्नसँग विवाह गरेका थिए । राजा महेन्द्रका ६ जना सन्तानहरु ३ जना छोरा र ३ जना छोरी सबै रत्नकी दिदी इन्दले जन्माएकी थिईन् ।यी सबै कुराहरु इतिहासमा हामी पाउछौ, तर यी सबै कुराहरुमा यथार्थता नभएको बताईन्छ । 

किनकी इन्द्ररत्नराज्यलक्ष्मी देवी शाह महेन्द्रकी पहिलो श्रीमति नै होइनन् उनको पहिलो श्रीमती हुन गिता गुरुङ्घ । अनि उनको ६ जना सन्तान मात्र पनि होइनन्,ती सन्तानमा महेन्द्रका पहिलो छोरा रविन्द्र समाबेश नै छैनन् रविन्द्र गिता गुरुङ्घका छोरा थिए । अझ डा. तारानाथ शर्माको दाबी अनुसार ती ६ जना सबै इन्द्रका सन्तान नभएर २ जना चाहि महेन्द्रकी साली रत्नका सन्तान हुन् । रत्नले ती सन्तान विवाह अघि नै जन्माइसकेकी थिईन् भने महेन्द्रले साली रत्नलाई इन्द्रको मृत्यूपछि विवाह गरेका थिए ।

डा. शर्माका अनुसार पुर्व राजा ज्ञानेन्द्र र उनकी बहिनी शोभा राज्यलक्ष्मी शाह इन्द्रका सन्तान नभएर रत्नले विवाह अघि नै जन्माएका सन्तान थिए ।

अझ आश्चर्य त २०५९ को दरबार हत्याकाण्डमा इन्द्रका सन्तान सबै मारिए भने रत्नका सबै सन्तानहरुलाई केहि पनि भएन् । हुन पनि पूर्वराजा ज्ञानेन्द्र जन्मेदेखि नै मामाघरमा बसेका थिए । उनलाई रत्नले नै हुर्काइरहेकी थिईन । ज्ञानेन्द्र मामाघरमा नै बस्ने भएकाले २००७ सालमा राजपरिवार भारतमा निर्वासित हुदाँ राणाहरुले बाठो भएर नेपालमा नै रहेका ज्ञानेन्द्रलाई झिकाएर राजा बनाइदिएका थिए ।

त्यस्तै महेन्द्र पत्नि ईन्द्रको निधन पनि शंकास्पद छ, किनकी इन्द्रको निधन कान्छा छोरा धिरेन्द्रलाइ जन्म दिदाँ अत्याधिक रक्त्तश्रापका कारण भएको भनिन्छ ।तर उनको निधन हुदाँ धिरेन्द्र ७।८ वर्षका भै सकेका थिए, त्यत्रो समयसम्म पनि उनको किन उपचारमा ध्यान दिइएन्। त्यहाँनिर गम्भिर प्रश्न उठ्ने गरेको छ ।वि सं २०११ मा राजा त्रिभुवनको निधनपछि नयाँ राजा बने महेन्द्र र रत्न बडामहारानी बनिन।

राजा महेन्द्रंले रानी रत्नको नाममा विभिन्न संरचनाहरु बनाए पार्क,कलेज र दरबार आदि यिनैको नाममा बनाइए विशेष रत्नपार्क खुबै चर्चित बनेको छ । कंक्रिटले बनेको रत्नपार्क राजधानी बीचमा अवस्थित छ ।

त्यस्तै राजपरिवार पोखरा भ्रमणमा जादाँ बस्नको लागी बनाईएको राजा दरबारको नाम पनि रत्न मन्दिर राखिएको थियो । सन् २००१ मा राजदरबार हत्याकाण्डको समयमा ज्ञानेन्द्रं शाह त्यहि रहेकाले सो हत्याकाण्डमा उनी बाँच्न सफल भएका थिए । त्यस्तै महेन्द्र र रत्न दुवैको नाम जोडेर ताहाचलमा महेन्द्ररत्न क्याम्पसको नामाकरण गरिएको थियो । भने महेन्द्रको नाम नजोडिकन रत्नको नाममा मात्रै राजधानीको भृकुटीमण्डपमा रत्न राज्यलक्ष्मी क्याम्पसको स्थापना गरिएको थियो । त्यस्तै गरेर नेपालका पुराना पुस्तक भण्डार रत्न पुस्तक भण्डार र रत्न रेकडिङ्घ पनि उनैको नामबाट खुलेको हुनसक्ने बताइन्छ । 

राजा महेन्द्र युवराज हुदाँ नै उनकी पहिलो पत्नि भनिएकी इन्द्रको निधन भएपछि दोस्रो विवाह गरेका थिए इन्द्रकी बहिनी रत्नलाई ।सो विवाहका लागि उनका बाबु त्रिभुवनले स्वीकृति नदिएकाले रत्नलाई विवाह गर्न महेन्द्रले ठुलै सघर्ष गर्नुपरेको थियो ।

मैले देखेको दरबार नामक पुस्तकमा महेन्द्रले राजा त्रिभुवन बाहिर गएको मौका पारेर रत्नसँग सिभिल म्यारिज गरेको कुरा उल्लेख गरिएको छ । दोस्रो पत्निको नाममा यस्ता संरचनाहरु निर्माण गरेतापनि महेन्द्रले छोराछोरीकी आमालाई भने बिर्सेको पाइन्छ । हुन त महेन्द्रले पहिलो पत्निका नाममा प्रसुतीगृह बनाएका थिए । यद्यपी त्यो प्रसुतीगृहलाई पनि परोपकार प्रसुतीगृह भनेर चिनियो । इन्द्रराज्यलक्ष्मी प्रसुतगिृह भनेर चर्चित हुन पाएन । महेन्द्र र इन्द्रका छोरा राजा विरेन्द्रले पनि आप्नी आमाको नाममा त्यस्ता केहि संरचना नामाकरण गरेको देखिदैन् ।

वि.स.२०२८ सालमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बेलामा राजा महेन्द्रको हृदयघातका कारण दियालो बंगलामा निधन भयो ।त्यसपछि उनका जेठा छोरा युवराज विरेन्द्र राजा बने । भने रत्न मुमा बडामहारानी बनिन, २०५८ साल जेठ १९ गते राजदरबार हत्याकाण्ड हुदाँ रत्न पनि सोहि ठाउँमा थिइन् ।उनी देउरानी हेलेनसँग गफिदै थिइन अर्को कोठामा त्यसपछि राजा ज्ञानेन्द्र पनि रत्नकै छोरा भएकाले उनी मुमाबडामहारानी नै भइरहिन् । २०६४ सालको संविधानसभाको निर्वाचनसँग राजतन्त्रको अन्त्य गरियो । त्ससँगै राजपरिवारले नारायणहिटी दरबार छोड्नुपर्ने भयो । राजा ज्ञानेन्द्रकै अनुरोधमा रत्नलाई भने दरबार भित्रै रहेको महेन्द्र मञ्जिलमा बस्न अनुमति दिइयो । त्यसपश्चात उनी अहिले पनि त्यहि नै बसोबास गर्छिन् ।

 





Share:
Reaction :
ताजा समाचार
खेलकुद