Media Network

भू–माफियासँग जुध्न नसकेको बुटवल उपमहानगरपालिका


अञ्जन बस्नेत

६ माघ २०८०,शनिबार

बुटवल।बुटवल उपमहानगरपालिकालाई सँधै लाग्ने आरोप हो, सार्वजनिक जग्गा संरक्षण गर्न सकेन । विभिन्न व्यक्ति तथा संस्थाले शक्ति केन्द्रको आडमा बुटवल नगरभित्रको सार्वजनिक जग्गा अतिक्रमण गर्दै आएका छन् । पछिल्लो समय अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रयास सुरु भएको थियो ।

भू–माफियाले व्यक्तिको नाममा दर्ता गरिसकेको जग्गा लामो प्रयासपछि सरकारी स्वामित्वमा ल्याइएको भनिएको थियो । तर यो लामो समयसँग टिक्ने सकेन । पुनः ती जग्गाहरु भूमाफियाकै हातमा जान लागेको छ ।

बुटवलभित्रको त्यस्तैे रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ (साविक १४ नम्बर वडा)को कित्ता नम्बर ५२ को करोडौँ पर्ने एक जग्गा हो । जुन जुन सरकारी लालपूर्जाभित्रबाट नै भूमाफियाले कब्जा गरेका थिए ।

स्थानीय सरोकारवाला र मिडियको चर्को दबावका कारण भूमाफियाले कब्जा गरेको उक्त जग्गा सरकारी लालपूर्जाभित्र कायम गर्न सफल हुन लागेको बुटवलका प्रमुख उपेन्द्रराज पौडेलले बताएका जेष्ठ २० गते खबरस्टोरीलाई बताएका थिए ।

‘त्यो आँकडा उल्लेख भएको जग्गा हो । कसले, कसरी लालपुर्जा बनायो, हामी खोज्दैछौं,’ पौडेलले भने । मालपोत कार्यालय, बुटवलका प्रमुख अर्यालले उक्त लालपुर्जा अनाधिकृत देखिएकोले बदर गरिएको भनी वडा कार्यालयमा चिठ्ठी पठाएको जानकारी दिएका थिए । 

अहिले उक्त जग्गामा भूमाफियाको नजर परेको खबरस्टोरी स्रोतले बताएको छ । स्रोतका अनुसार बुटवल उपमहानगरपालिकाको सरकारी जग्गाको सुरक्षामा कुनै चासो नै नराखेको हुँदा जग्गाा विचौलिया र भूमाफियाको हातमा पर्न लागेको छ ।

यसअघि नापी विभागमा उक्त जग्गा कित्ताकाट बाट हटाई ५२ नम्बरमै राखिएको थियो ।

नापी कार्यालयका सुचना अधिकृत ज्ञानेश्वर पन्तका अनुसार हाल उक्त जग्गा मालपोत कार्यालयले खारेज गर्न भनेपछि सबै कित्ताहरु हटाइ पुनः ५२ नम्बर कित्तामा नै ल्याएको हो । “हामीलाई मालपोतबाट कित्ता हटाउन पत्र आएपश्चात कम्प्युटरबाट हटाई ५२ नम्बर कित्ताकै नक्सा जारी गरिसकेको छ ।’’– उनले भने ।

यो लगायत अन्य धेरै जग्गा बदर भई सरकारी लालपुर्जा पाएको थियो । तर अहिले जग्गा अहिले पुनः व्यक्तिकै नाममा लग्न भूमाफियाहरु सल्बलाइ रहेका छन् । जग्गा सदर गर्न लागि अहिले भू–माफियाहरुबीच करौडौँको चलखेल भइरहेको छ ।

तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै विभिन्न राजनीतिक दलको संरक्षणमा जग्गा अतिक्रमण हुने गरेको स्थानीयहरुको भनाइ छ । 

बुटवल उपनगरपालिका मेयर खेलराज पाण्डेले भने भूमाफियाहरुलाई कानूनी कारबाही हुने बताएका छन् । मेयर पाण्डेले विभिन्न कालखण्डमा जगगा अतिक्रमण भएको र यसमा मालपोतको मिलेमतो रहेको बताएका छन् । जग्गा अतिक्रमण गर्ने जो सुकै भएतापनि कानूनी कारवाही हुन्छ । धेरै जग्गामा मुद्दा मामिला चलिरहेको छ तर कसले गर्यो भनेर पत्ता लागि नसकेको उनले बताए ।

‘नगरभित्रको जग्गा हाम्रो सम्पति हो, यसलाई व्यक्तिले निजीकरण गर्दा हामी हेरेर बस्दैनौं, उनले भने, –‘सार्वजनिक जग्गा निक्र्योल गरेर अहिले तारबार गर्ने काम भइरहेको छ ।’  

उनले जति जग्गा सरकारी लालपुर्जामा आएको ती जग्गा पुनः व्यक्तिको नाममा गर्न नमिल्ने र त्यसो भएमा उपमहानगरपालिका मौन नबस्ने बताए ।

भू–माफियाले रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ स्थित नयाँगाउँमा रहेको करीब १६ बिघा सरकारी जग्गा कब्जा गरी बिक्री गरेका छन् ।

त्यस्तै, दानव नदी किनारमा रहेको नदी उकास जग्गालाई भूमाफियाहरूले जिल्ला मालपोत र नापी कार्यालय रुपन्देहीका कर्मचारीसँगको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरी बिक्री वितरण गरेका थिए ।

नापी कार्यालय रुपन्देहीको अनुसार साविक सेमलार गाविस ३ को कित्ता नं. १९८, कित्ता नं. १७७, १७६, २०४, २०५, २०६, २५३, २५०, २०२ र २७० का जग्गाहरूलाई भूमाफियाले कब्जा गरेर बिक्री गरेका हुन् ।

यिनीहरुमध्ये कित्ता नम्बर १९८ को १० कट्ठा जग्गा देवीलाल ढकाल र शक्तिप्रसाद सापकोटाले कब्जा गरेर बिक्री वितरण गरेका छन् । त्यसैगरी, कित्ता नम्बर १७७ मध्येको २ बिघा १५ कट्ठामध्ये कित्ता नम्बर ६०९ कायम गरी १५ कट्ठा जग्गा चन्द्रबहादुर पुन र शक्तिप्रसाद सापकोटाले आफ्नो नाममा गराएर बिक्री वितरण गरेका थिए ।

नापी कार्यालयमा २०७०सम्म ऐलानी देखिएको उक्त जग्गा मालपोत कार्यालयमा कित्ता नम्बर थपेर व्यक्तिको नाममा गराइएको थियो ।

भूमाफियाहरूले २०६३ देखि २०७२ सालभित्र नदी उकासका जग्गाहरू कब्जा गरेका हुन् ।


यो पनि पढ्नुस् 

करोडौं मूल्य पर्ने सरकारी जग्गा ब्यक्तिको नाममा किनबेच


Share:
Reaction :
ताजा समाचार
खेलकुद