बिहान करिब पौने ७ बजेतिर एक्कासी बिस्फोट हुँदा घरमा क्षति पुगेको छ।
झापा घर भई दधिकोट बस्ने रामप्रसाद थपलियाको घरमा विस्फोट भएको हो।
साढे २ तला घरको भुई तलामा रहेको भान्सामा बिस्फोट भएको हो। घरको पर्खाल भत्किएको छ। पार्किङमा राखिएको कारको सीसा र छिमेकीको घरको झ्यालका सीसा पनि फुटेका छन्।
भक्तपुर जिल्ला परिसरका डिएसपी राजु पाण्डेका अनुसार ग्यास ग्यास सिलिण्डरको ग्यास चुहिएर बिस्फोट भएको अनुमान छ।बिस्फोटमा थपलियाकी श्रीमती सामान्य घाइते भएकी छन्। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ।
उनीसँग सोधपुछ गर्दा कोठामा रहेको ग्यास नै बिस्फोट भएको डिएसपी पाण्डेले बताए।
हिजो ग्यास सिलिण्डर परिवर्तन गरिएको रहेछ। चेन्ज गर्दा केही लिक भएका ग्यास कोठाभित्रै जम्मा भएर बसेको र आज लाइटर बाल्दा एक्कासी पड्किएको देखियो। सिलिन्डर पनि अन गरिसकेको अवस्था पनि थिएन,उनले भने, कहिलेकाहीँ लाइटर पड्किए जस्तै गरी पड्किएको हो कि भन्ने देखिन्छ। त्यो बाहेक अरू केही पाएका छैनौं।