Media Network

बालेनविरुद्ध उत्रिए महेश बस्नेत, सामाजिक सञ्जालमै तल्लोस्तरको टिप्पणी


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उत्रिएका छन् । पछिल्ला दिन काठमाडौं महानगरपालिकाका मेयर शाहले अनधिकृत संरचना हटाउने अभियान चलाएपछि बस्नेत मेयर विरुद्ध उत्रिएका हुन् । 

पछिल्ला दिन मेयर शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तिव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन् । बस्नेतले मेयर शाहलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएको तल्लोस्तरको टिप्पणी गरेका छन् । 

किन उत्रिए बालेनविरुद्ध बस्नेत ?

काठमाडौं महानगरका मेयर शाहले मंगलबारदेखि काठमाडौंमा अनधिकृत संरचनाहरु हटाउने अभियान शुरु गरेका हुन् । मंगलबार नयाँ बानेश्वरको अण्डरग्राउण्ड पसलहरु तथा बुधबार सुनधाराको काठमाडौं मल, खिचापोखरीको आरबी कम्प्लेक्स लगायतको अवैध संरचनामा महानगरले डोजर लगाइदियो । महानगरबाट पार्किङ प्रयोजनका लागि नक्सा पास गर्ने तर पसल ब्यवसायहरु सञ्चालन गर्ने गर्दा काठमाडौंमा पार्किङको समस्या बढ्दै गएको छ । महानगरको यो अभियानप्रति बालेनले स्याबासी पाइरहेका छन् । 

शाहले विहीबार बुद्धनगरको अल्फाबिटा कम्प्लेक्समा पनि अनधिकृत रुपमा सञ्चालन गरेको पसल हटाउन निर्देशन दिए । तर एमाले निकट कम्प्लेक्सका मालिक मेयर शाहविरुद्ध नै उत्रिए । उनले उल्टै शाहलाई मेयर हो कि डन भन्ने जवाफ लगाउँदै अनधिकृत भए नक्सा देखाउन चेतावनी दिए । 

शाहले तुरुन्तै नक्सा ल्याएर नक्सा पास एउटा प्रयोजनका लागि काम अर्को प्रयोजनको भएको देखाइदिए । अनि, अनधिकृत अल्फाबिटाको अल्फा फार्मेसीमा डोजर लगाइदिए । महेश बस्नेतसहित एमालेका केही नेताहरुको अड्डा हो अल्फाबिटा । बस्नेतको अड्डामा बालेनले च्यालेन्ज दिएको बस्नेतलाई मन परेन । र, समाजिक सञ्जालमा आक्रोश पोखे । 

यस्तो छ बालेनमाथि बस्नेतको टिप्पणी 

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसि लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला । तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला ।  बिगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकाश र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईका बिरोधीले पनि तेही शैली अपनाए भने गार्हो होला ।' बस्नेतले फेसबुकमा चेतावनी दिएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद