Media Network

बिना वर्षात गयो 'कोल्ड मन्थ जनवरी'


अञ्जन बस्नेत

१७ माघ २०७९,मंगलवार

काठमाडौँ। चिसो महिना (कोल्ड मन्थ) जनवरी अथात् पुष १५ देखि माघ १५ सम्म भन्ने गरिन्छ ।तीन महिना डिसेम्वर जनवरी र फेब्रुअरी हुन्। मुख्य चिसोको समय जनवरी भरि पानि तथा हिँउ परेको छैन। यसलेको प्रभावले यसपटक चिसोको अनुभुती कम गराएको छ ।

हिउँदोयाममा पानि  परेपछि जाडो बढ्ने र पानि परेर नै जाडो कम हुँदै जाने भन्ने हुन्थ्यो । तर यसपालि जोडोयाम सकिनलाग्दासम्म पनि पानि परेको छैन।

माघ महिनाको दोस्रो साता सकिसक्दा पनि अझै पानि पर्न सकेको छैन । यस अवधिमा गत बर्षहरुमा तीनचार पटक पानिका साथै हिँउ परिसकेको हुन्थाो।

यस बर्ष लामोसमयसम्म पानि नपर्दा धेरै स्थान सुख्खा भइरहेको छ । समयमा पानि नपर्नाले जलधारमा पनि समस्या आन थालेको छ। हिम नदिहरुबाहेका सबै नदिहरुमा अहिले पानिको बाहब कम हुँदै गइरहेको छ ।

यसपटक हिमाली क्षेत्रमा हिँउ परिरहेको छैन। हिमतालहरुमा असर देखा पर्न थालिसकेको छ । जलवायु परिर्वतन हुँदै गर्दा वर्षेनी मौसममा असर देखा पर्दै गइरहेको छ। हिमाली क्षेत्रमा हिमपात नहुनु पहाडि भेगमा वर्षा नहुनु मौषम अनुसारको तापक्रम नमिल्नु जलवायु परिर्वतनले मौसममा पारेको असर हो ।

अहिलेसम्म वर्षा र हिमपात नहुँदा धेरै स्थानमा पानिका मुहान सुकेर सुख्खा  हुने छ।त्यस्तै हिउँदे बालिमा प्रतिकूल असर देखा परेको छ । मौसम परिर्वतन भएर पानि नपर्दा मानविय जनजिवन तथा बस्तुभाउमा पनि असर परेको छ ।

मौसम पूर्वानुभाव विभागका अनुसार पशिचमि न्युन चापिय प्रणली सक्रिय नभएको कारण राम्रोसंग पानि तथा हिमपात नभएको जनाएको छ ।

यस वर्षको जाडो महिना सुख्खा हुनेहुदाँ गत वर्षको तुलनामा तापक्रम औषत भन्दा कम हुने छ । मौसमविद्का भनाइमा यो वर्षको हिउँदमा गत वर्षको तुलनामा वर्षा कम हुने अनुमान गरिएकाले पानी परेर हुने जाडो गत वर्षको तुलनामा कम पनि हुनसक्छ।

पश्चिमि न्युन चापिय प्रणाली आएर मौषम बदली भउतापनि खासै हिमपात तथा पानि परेको छेन। देशको केह भु-भागमा हिमपात भएता पनि गतबर्षको तुलनामा औषत भन्दा कम भएको छ । न्युन चापिय प्रणाली पूर्णरुपमा सक्रिय भएर नआउदा यस पटक पश्चिमि र हिमाली क्षेत्रमा मौषम आंशिक देखी सामान्य बदली भएता पनि त्यस्ले ठुलो प्रभाव पार्न सकेको छैन।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभाव ले अहिले समान्य बदली भइरहेको छ। मानन्धरका अनुसार आज दिउँसोबाट केही सुधार हुने सम्भावना रहेको छ। 

’आज दिउँसोबाट केही सुधार हुन्छ’ उनले भनिन्, ’आज मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन।’

आज  विहानपख पछिबाट पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुँदै जाने उनले बताइन्। 

त्यस्तै उनले भनिन अब क्रमिक रुपमा चिसो कम हुँदै जाने बताइन। उनले पश्चिमी वायुबाट मध्यम तथा भारी वर्षा नहुने भन्दै अव फाल्गुनबाट प्रि मनसुनले बर्षा हुने सम्भावना रहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद