Media Network

बाँसको काठ किन जलाइँदैन ?


गोपाल पाल्पाली आचार्य

१६ चैत्र २०७८,बुधबार

हामी प्रायः शुभकार्य (हवन अथवा पूजा–पाठ आदि) वा अशुभ कार्य (दाहसंस्कार आदि) गर्दा यस्ता कामका लागि विभिन्न प्रकारका काठहरू आगो बाल्नको लागि प्रयोग गर्ने गर्छौं । तर तपाईले कहिल्यै यस्ता कार्यमा आगो बाल्न वा जलाउनको लागि बाँसको काठ प्रयोग गरिएको देख्नुभएको छ ? छैन ।  

यस्तो छ धार्मिक कारण

सनातन संस्कृति, परम्परा तथा धार्मिक महत्वका अनुसार हाम्रो शास्त्रमा बाँसको काठलाई जलाउन वर्जित गरिएको छ । 

यहाँसम्म कि हामी लासलाई बोक्नको निम्ति हरियो बाँसको प्रयोग त गर्छौं, तर त्यसलाई चितामा जलाउन प्रयोग गर्दैनौं ।

हिन्दु मान्यता अनुसार बाँसलाई जलाउनाले पितृ दोष लाग्दछ । किनभने प्राचिनकालमा गाउँघरमा बच्चा जन्मदा शिशु जन्मको समयमा आमा र बच्चालाई जोडेर राख्ने नाल (placenta) लाई बाँसको रुखको फेदमा गाडिन्थ्यो र वंश सदैव बढीरहोस्  भन्ने कामना गरिन्छ । आजकल अस्पतालमा बच्चा जन्माउने चलन आएपछि भने यो प्रचलन हराएको छ ।  

अब वैज्ञानिक कारण थाहा पाउनुहोस् 

बाँसमा शिशा तथा भारी धातु (lead and heavy metal) प्रचुर मात्रामा पाइन्छ । लिड जल्ने बेलामा lead oxide बन्दछ, जुन खतरनाक neurotoxic अर्थात् स्नायुलाई विषाक्त पार्ने हुन्छ । Heavy metal पनि बल्दाखेरि oxide नै बन्दछ । 

तर जुन बाँसको काठलाई चितामा पनि जलाउन शास्त्रमा निषेध गरिएको छ, त्यो बाँसको काठलाई हामी दिनहुँ अगरबत्तीमा जलाउँछौं । अगरबत्ती बाल्दा उत्पन्न हुने सुगन्धलाई फैलाउन फथालेट नामक विशेष रसायनको प्रयोग गरिन्छ । 

यो phthalic एसिडको एक एस्टर हो, जुन सासको माध्यमबाट शरीरमा प्रवेश गर्दछ । यसप्रकार अगरबत्ती बाट उत्पन्न हुने तथाकथित सुगन्ध पनि हामिले सास फेर्दा शरीरमा पसेर neurotoxic र hepatotoxic प्रसारित गर्दछ । जसले स्नायु तथा कलेजोलाई नकारात्मक असर पार्न सक्छ ।

हाम्रो शरीर भित्र यसको सामान्य उपस्थितिले पनि क्यान्सर वा ब्रेन स्ट्रोक निम्त्याउन सक्छ । हेप्टो–टोक्सिकको एक सानो मात्रा पनि कलेजो लाई विषाक्त पार्न पर्याप्त छ । 

पूजा विधिमा धूप,दीप,नैवेद्यको वर्णन

हाम्रा शास्त्रहरूका पूजा विधिमा कहिँ कतै अगरबत्ती उल्लेख छैन, जताततै धूप मात्र लेखिएको छ । हरेक स्थानमा धूप,दीप,नैवेद्यको नै वर्णन देखिन्छ । 

अगरबत्तीको प्रयोग भारतवर्षमा इस्लामको आगमन भएपश्चात नै सुरु भएको हो । मुस्लिम धर्मावलम्बीहरुले मजार (चिहान)  मा अगरबत्ती जलाउने गर्छन् । 

हामीहरु सधै अन्धाधुन्ध अनुसरण गर्ने गर्छौं, जबकि हाम्रो धर्म शास्त्रमा लेखिएका हरेक कुराहरु वैज्ञानिक दृष्टिकोण अनुसार मानवमात्रको कल्याणको लागि लेखिएका छन् ।  

(सामाजिक सञ्जालबाट)


Share:
Reaction :
ताजा समाचार
खेलकुद