बाँसको काठ किन जलाइँदैन ?


गोपाल पाल्पाली आचार्य
१६ चैत्र २०७८, बुधबार
बाँसको काठ किन जलाइँदैन ?
हामी प्रायः शुभकार्य (हवन अथवा पूजा–पाठ आदि) वा अशुभ कार्य (दाहसंस्कार आदि) गर्दा यस्ता कामका लागि विभिन्न प्रकारका काठहरू आगो बाल्नको लागि प्रयोग गर्ने गर्छौं । तर तपाईले कहिल्यै यस्ता कार्यमा आगो बाल्न वा जलाउनको लागि बाँसको काठ प्रयोग गरिएको देख्नुभएको छ ? छैन ।  

यस्तो छ धार्मिक कारण

सनातन संस्कृति, परम्परा तथा धार्मिक महत्वका अनुसार हाम्रो शास्त्रमा बाँसको काठलाई जलाउन वर्जित गरिएको छ । 

यहाँसम्म कि हामी लासलाई बोक्नको निम्ति हरियो बाँसको प्रयोग त गर्छौं, तर त्यसलाई चितामा जलाउन प्रयोग गर्दैनौं ।

हिन्दु मान्यता अनुसार बाँसलाई जलाउनाले पितृ दोष लाग्दछ । किनभने प्राचिनकालमा गाउँघरमा बच्चा जन्मदा शिशु जन्मको समयमा आमा र बच्चालाई जोडेर राख्ने नाल (placenta) लाई बाँसको रुखको फेदमा गाडिन्थ्यो र वंश सदैव बढीरहोस्  भन्ने कामना गरिन्छ । आजकल अस्पतालमा बच्चा जन्माउने चलन आएपछि भने यो प्रचलन हराएको छ ।  

अब वैज्ञानिक कारण थाहा पाउनुहोस् 

बाँसमा शिशा तथा भारी धातु (lead and heavy metal) प्रचुर मात्रामा पाइन्छ । लिड जल्ने बेलामा lead oxide बन्दछ, जुन खतरनाक neurotoxic अर्थात् स्नायुलाई विषाक्त पार्ने हुन्छ । Heavy metal पनि बल्दाखेरि oxide नै बन्दछ । 

तर जुन बाँसको काठलाई चितामा पनि जलाउन शास्त्रमा निषेध गरिएको छ, त्यो बाँसको काठलाई हामी दिनहुँ अगरबत्तीमा जलाउँछौं । अगरबत्ती बाल्दा उत्पन्न हुने सुगन्धलाई फैलाउन फथालेट नामक विशेष रसायनको प्रयोग गरिन्छ । 

यो phthalic एसिडको एक एस्टर हो, जुन सासको माध्यमबाट शरीरमा प्रवेश गर्दछ । यसप्रकार अगरबत्ती बाट उत्पन्न हुने तथाकथित सुगन्ध पनि हामिले सास फेर्दा शरीरमा पसेर neurotoxic र hepatotoxic प्रसारित गर्दछ । जसले स्नायु तथा कलेजोलाई नकारात्मक असर पार्न सक्छ ।

हाम्रो शरीर भित्र यसको सामान्य उपस्थितिले पनि क्यान्सर वा ब्रेन स्ट्रोक निम्त्याउन सक्छ । हेप्टो–टोक्सिकको एक सानो मात्रा पनि कलेजो लाई विषाक्त पार्न पर्याप्त छ । 

पूजा विधिमा धूप,दीप,नैवेद्यको वर्णन

हाम्रा शास्त्रहरूका पूजा विधिमा कहिँ कतै अगरबत्ती उल्लेख छैन, जताततै धूप मात्र लेखिएको छ । हरेक स्थानमा धूप,दीप,नैवेद्यको नै वर्णन देखिन्छ । 

अगरबत्तीको प्रयोग भारतवर्षमा इस्लामको आगमन भएपश्चात नै सुरु भएको हो । मुस्लिम धर्मावलम्बीहरुले मजार (चिहान)  मा अगरबत्ती जलाउने गर्छन् । 

हामीहरु सधै अन्धाधुन्ध अनुसरण गर्ने गर्छौं, जबकि हाम्रो धर्म शास्त्रमा लेखिएका हरेक कुराहरु वैज्ञानिक दृष्टिकोण अनुसार मानवमात्रको कल्याणको लागि लेखिएका छन् ।  

(सामाजिक सञ्जालबाट)