Media Network

बसन्तपुरमा यसरी मनाइयो ज्यापु दिवस


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७९,बिहीबार

काठमाडौँ।आज यमोरी पुन्ही अर्थात्  ज्यापु दिवस । नेवारी संस्कृति संरक्षणका लागि आज राजधानीको वसन्तपुरमा र्‍याली निकालिएको छ । हाकु पटासीमा सझिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेका छन्। 

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले बुधबार धुमधामका साथ यःमरी पुन्ही पर्व मनाइरहेका छन्। चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ।

सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो। ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्।

आज सोही पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा समेत दिएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद