Media Network

छठ पर्व ः आज नहाय खाय


खबरस्टोरी संवाददाता

१ मंसिर २०८०,शुक्रबार

जनकपुर । मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठमा शुक्रबार नहाय खाय विधि गर्दछन् । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको छ । 

छठ पर्व अन्तर्गत शनिबार खरना मनाइन्छ । यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी मातालाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरिन्छ ।

यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ । यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिइ अस्ताउँदो सूर्यलाई अर्घ दिने  गरिन्छ । पर्वको अन्तिम अर्थात पाँचौ दिन सोमबार बिहान उँदाउँदो सूर्यलाई अघ्र्य  दिई छठपर्वको विधिवत रुपमा समापन गरिन्छ । 

पूजा गर्नका लागि घाट सजाउने काम भइरहेको छ । पायक पर्ने पोखरीका डिल, नदीका तट, तालतलैया लगायतका घाट सरसफाई गरी सामुहिक रुपमा घाट बनाउन लागिपर्छन् । घाट सरसफाइ, सजावट र व्यवस्थापनका लागि धमाधम काम भइरहेको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद