Media Network

खोलामा डुबेर बालकको मृत्यु


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

मकवानपुर। हेटौंडा उपमहानगरपालिका–१ चौकी टोलस्थित राप्ती खोलामा डुबेर सोही उपमहानगरपालिका–५ लट्रीनाथ बस्ने सरोज लामाको १५ वर्षीय छोरा समर लामाको बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी। हनुमाननगर कंकालिनी नगरपालिका–४ अर्जि मझुवापुर बस्ने जितेन्द्र सिपलियाको ७ वर्षीय छोरा देविल सिपलियाको घर नजिकैको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद