Media Network

एक्जिम बजार प्रर्दशनीमा नेपाल हस्तकला महासंघको सहभागिता


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

काठमाडौं।नेपाल हस्तकला महासंघले यही सन् २०२२ को सेप्टेम्बर ३ देखि ६ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको एक्जिम बजार २०२२ प्रदर्शनीमा सहभागिता जनाउने भएको छ । परम्परागत, समकालिन लगायत हस्त शिल्पकला, हस्तकला लगायत विभिन्न कला उत्पादनमा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरुलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट बस्तु एवं बजार प्रबद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले सो एक्जिम बजार प्रदर्शनी भारतको विभिन्न शहरहरुमा आयोजना हुँदै आई रहेको छ ।  

यस पटक भारतको इण्डिया एक्जिम बैंकको आयोजनामा नेशनल क्र्याफट म्युजियम एण्ड हस्तकला एकेडेमी, न्यु दिल्लीमा हुन लागेको सो प्रदर्शनीमा नेपाल हस्तकला महासंघद्धारा मैन मुर्ति कलाकार मनोज शाक्य, रिपाउज र फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्र बहादुर शिल्पकार, रेशा जन्य बस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमुर्ति कलाकार उदिप शाक्य गरी जम्मा ५ जना महासंघका सदस्यहरुले प्रतिनिधित्व गर्नेे छन् ।

हस्तकला विधामा संलग्न उद्यमी, कलाकार, कालिगढहरको सीप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एक अर्काको सीप, प्रविधि अनुभव आदान प्रदन गरी व्यवसाय प्रवद्र्धनका लागि महासंघबाट समय सापेक्ष पहल एवं आवश्यक क्रियाकलाप संचालन हुँदै आएको छ । यस प्रदर्शनीको माध्यमबाट सहभागी कलाकारहरुमा भारतको बजारमा आफ्ना कलाकृति, उत्पादनहरुको प्रदर्शनी गरी व्यवसाय प्रवद्र्धन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । यस किसिमका प्रदर्शनीलाई निरन्तरता दिनु पर्ने यस महासंघको धारणा रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद