Media Network

हुम्लामा तारा एयरको जहाजसँग ठोक्कियो चिल


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७९,बुधबार

हुम्ला।हुम्लामा तारा एयरको जहाजसँग चिल ठोक्किएको छ। बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए। 

नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो। नेपालगञ्जबाट उक्त कार्गो जहाज १२:४५ मा उडेको थियो।

त्यहाँबाट सिमकोटसम्म पुग्न ४० मिनेट लाग्छ।

विमानस्थल पुग्नु ४-५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको सुवेदीले बताए। 

चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ। जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए। उनीहरू सुरक्षित छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद