Media Network

पंखामा जोडेको तारबाट करेन्ट लागेर मृत्यु


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

पर्सा।वीरगंज महानगरपालिका–२८ टाली टोल बस्ने ५१ वर्षीय जिउधन सहनीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै पोल्ट्री फर्ममा पंखामा जोडेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद