Media Network

कसरी आयो आत्मदाहको अवस्था, कोहि आफै किन जल्छ ?


खबरस्टोरी संवाददाता

१२ माघ २०७९,बिहीबार

काठमाडौ । साँझको बेला संसद भवन नयाँ वानेश्वरमा सवारी आवागमनको चाप बढ्दो अवस्थामा थियो ।

सबैलाई आ–आफ्नो गन्तव्यमा पुग्ने हतारो थियो ।ठिक त्यसै बेला देशको उपल्लो निकायका राजनितीक व्यक्तिको सवारी भईरहदाँ एकास्सी फिल्मी ढाँचामा एक पुरुषले शरीरमा पेट्रोल छर्केर आगो लगाए । 

अचानकको त्यस घटनामा आसपासका सबै अत्तालिए । घटना यति रफ्तारमा भयो की नजिकैको प्रहरी पनि एकछिन अलपलमा परे त्यसका बाबजुत उद्धार गर्न लागे । केही समयको अन्तरालमा उनको उद्धार गरेर अस्पताल त पु¥याइयो तर, ज्यान बचाउने प्रयास भने असफल भयो । केहिछिनमै उनलाई अस्पतालले मृत घोषित गर्यो ।

अस्पतालमा भर्ना गरेपछि थाहा भयो, उनी इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य सन्तोष रहेछन् । चिकित्सकहरुका अनुसार अस्पताल पु¥याउँदा उनको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो । मंगलबार गम्भिर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको हो ।


आत्मदाहको अवस्था अघिको विलाप

आत्मदाह गर्नु अघि प्रेमप्रसादले सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेका थिए । देशमै आफ्नै बलबुता, मेहेनतमा केही गरेर बाँच्न प्रयासरत रहँदा पनि मुलुकको सरकार, प्रणाली, प्रवृत्तिले बाच्न नदिएको आशय उनको छ । सत्ता र शक्तिको आडमा मुलुकमा व्याप्त बेथितिहरुको सिकार आफु जस्ता नागरिक बन्नुपरेको उनको विलाप थियो ।इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका थिए ।

उनका बुवाको २०६७ मा ब्रेन ट्युमर भएर मृत्यु भएको थियो । बुवा बिरामी हुँदै गरेको अवस्थामा विवाह भएको र बुवाको मृत्यु पश्चात काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एवम् ठमेलका ट्राभल एजेन्सीमा काम गरे । पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौं बुढानिलकण्ठमा नै घर समेत बनाए । ठमेलमा ट्राभल एजेन्सी खोले । ट्राभल राम्रो चले पनि बिस्तारै उधारो बजारले गाजेको उनले लेखेका छन् ।

राष्ट्रिय उत्पादनमा भ्याट शून्य नीति लागु, उपभोग्य बस्तुमा मुल्यबृद्धिको प्रमुख कारण भएकाले आयातित बस्तुमा बरु २० प्रतिशत भ्याट, आकर्षक बजार क्रय बिक्रय नीति लागू , दर्ता नगरी खुलेका पसल बन्द, बिचौलिया उधारो बजारको अन्त्य, जग्गा जमिन पुस्तौसम्म हस्तान्तरण गरिने हुँदा नेपाली जनता अल्छि भएकाले एक जमिनको स्वामित्व एक ब्यक्तिलाइ ५० बर्ष सम्मलाइ मात्र दिने व्यवस्था गर्न सुझाएका छन् । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातमा निजीकरण निरुत्साहित, सार्वजनिक खरिद ऐनमा व्यापक सुधार, बैंकि मूलयांकन प्रणाली परिवर्तन, सहरका अनुत्पादक जग्गाले जति नै मुल्य गाउँका उर्वर उत्पादनशील जग्गाले पनि पाउनु पर्ने व्यवस्था लगायतका विषय उल्लेख गरेका छन् ।


आत्मदाह पछिको आक्रोश र समवेदना

प्रेम प्रसादको आत्मदाह पछिको घटनालाई लिएर विविध कोणहरुबाट बहस छेडिएका छन् ।सामाजिक संजालहरुमा जहाँतहि आम रुपमा निराशा र आक्रोशसहितका स्ट्याटसहरु कोरिएका छन् ।

राज्य विरुद्धको आवाज टट्कारो रुपमा गुज्जिएको छ । राज्यको असफलतालाइ सबैले बोध गरेका छन् ।प्रेमप्रसादको आवाजले अहिले एक व्यक्तिको मात्र नभए समग्र वर्ग र पुस्तालाई इङ्कित गरेको छ ।चौतर्फी रुपमा अनगिन्ती प्रश्न र सवालहरु उठेका छन् ।


‘आत्महत्या’ नभई ‘हत्याको आक्षेप

यतिबेला प्रेमप्रसादको आत्मदाहलाई धेरैले ‘आत्महत्या’ नभई ‘हत्या’को संज्ञा दिइरहेका छन् । 

राज्य, यसका निकायको लाचारिपन, उनीहरुकै संरक्षणमा हुर्किरहेको ठगिधन्दा र बेथितिको सिकार प्रेमप्रसाद भएकाले उनको आत्महत्या नभई ‘हत्या’ गरिएको दाबी गरिरहेका छन् । अधिकारकर्मी, युवाहरुको एक जमातले त बुधवार नै संसद भवन अघि पुगेर प्रेमप्रसादको आत्महत्या नभई हत्या गरिएको ब्यानर सहित प्रदर्शन गरेका छन् ।

कार्टुनिष्ट रवि मिश्रले व्यंग्यात्मक शैलीमा ट्वीट गर्दै लेखेका छन्, ‘देश एउटा हातमा ग्यालिन, अर्को हातमा लाइटर बोकाइ धकेल्दै, घिच्याउदै लगार्दै, घिसार्दै धर्धरी रुवाउँदै बानेश्वर पुर्याउँछ । काम फत्ते गरेर अस्पताल पुर्याउछ । हस्याङफस्याङ गर्दै आइसियू छिर्छ । धर्धरी रुँदै भन्छ–यस्तो किन गर्नुभा ? हामी थिएम् नि त । देश, बहुत हराम जिनिस हो ।’

रविन्द्र मिश्र लेख्छन्   -“म आमरण अनसन बस्ने योजनामा छु”प्रेमजी, तपाईंले अस्ती विहान मलाई पठाएको सन्देश हो यो। तर त्यसको केही घण्टाभित्रै दिउँससम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ। तपाईंले आत्मदाह(पूर्वको पत्रमा उल्लेख गर्नुभए झैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।

तपाईंको वैकुण्ठ वास होस् र यो समाजलाई यति कुरूप बनाउनेहरूलाई विवेक मिलोस्। अत्यन्तै पीडा भएको छ, प्रेमजी१ इमानदारीपूर्वक भन्दा, नेपाली समाज इतिहासमैँ यति ‘पतित’ कहिल्यै भएको थिएन। विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरीवीबाट ग्रस्त थियो तर यो तहको ‘पतित(ता’ बाट ग्रस्त थिएन। त्यस्तो ‘पतित(ता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।


प्रेमप्रसादको सवाल, सिगों वर्ग र पुस्ताको आवाज

प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास अगाडि फेसबुकमा ६,५३५ शब्दको लामो विलाप गरेका छन्, त्यसले नेपालमा उद्यम, संघर्ष गर्नेेहरुको कथा व्यथा उजागर गरेको छ । मुलुकको प्रणाली, बेथिति, बिसंगति उजागर गरेको छ ।

प्रेमप्रसाद आचार्यको आत्मदाहले नेपाली समाजमा आफ्नै पौरखबाट केही गरौं भन्ने हुटहुटी भएका उत्साही र आंकाक्षी नागरिकलाई मिल्ने सास्ती र सजाय प्रष्ट देखाएको छ । यो दुःखान्त घटनासँगै राज्यको कमजोर चित्र र चरित्र उजागर भएको छ । मुलुकमा व्यवस्था परिवर्तन भए पनि समग्रतामा अवस्था परिवर्तन नभएको प्रष्ट तस्वीर हो ।

देशमा विद्यमान समस्याहरुलाई पे्रमप्रसादले यसरी व्यक्त गरेका छन्, जसले सबैको मन मस्तिष्कलाई छोएको छ । समग्र वर्ग र पुस्ताको आवाज प्रेमप्रसाद मार्फत यसरी पोखिएको छ, जसले अबका दिनहरुमा अरु कोहि प्रेमप्रसाद बन्न नपरोस, उनले रोजेको बाटो कसैले पनि रोज्न नपरोस राज्य गम्भीर बनोस ! 


Share:
Reaction :
ताजा समाचार
खेलकुद