Media Network

काठमाडौंमा विश्व आदिवासी जनजाति दिवसको हर्षोल्लास


खबरस्टोरी संवाददाता

२४ श्रावण २०८०,बुधबार

काठमाडौं । काठमाडौंमा विश्व आदिवासी जनजाति दिवसको अवसरमा  विभिन्‍न आदिवासी,जनजाति संघ–संस्थाहरूले झाकी प्रदर्शन गर्दै हर्षोल्लासका साथ मनाइएको छ।

काठमाडौंको शहीदगेटबाट सुरू भएको झाँकी ¥याली सुन्धारा, न्‍यूरोड, वीर अस्पताल, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज हुँदै नपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको छ 

झाकी ‍¥यालीमा नेपालमा भएका विभिन्‍न आदिवासी जनजातिहरूले आ–आफ्नो भेषभूषा÷पहिरन लगाएर सहभागी भएका छन् ।

आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ ।

यस्तै आज देशभर विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरी विभिन्न जातीय संघसंस्थाहरूले जिल्लाहरूमा पनि कार्यक्रम गरी आदिवासी दिवस मनाइरहेका छन् ।

यसवर्ष विश्व आदिवासी दिवसको नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद