Media Network

खोला तर्ने क्रममा एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

>चौतारा । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ।बुधबार साँझ खोला तर्ने क्रममाएक जनाका उसकोे मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको हो। उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।

खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद