Media Network

मघेश प्रदेशको जिल्लामा नागरिकता लिनेको संख्या बढ्दै , सबै जिल्लामा लाईन


अञ्जन बस्नेत

१२ असार २०८०,मंगलवार

काठमाडौँ। नागरिकता विधेयक लागु गर्न सर्वोच्चले आदेश दिएपछि नागरिकता विहिनहरु अहिले आफ्नो जिल्ला प्रशासनमा धाइरहेका छन् । अस्तिबाट मघेश प्रदेशको आठ वटै जिल्ला प्रशासन कार्यलयहरुमा नागरिकता लिनेको लाइन बसेका छन् । दुई दिनमा मघेश प्रदेशमा ८ सय जनाले नागरिकता विहिन नागरिकले नागरिकता लिएका छन्।
सर्वोच्चले बिहिबार नागरिकता विधेयक प्रमाणिकरण विरुद्धको रिटमा नागरिकता विधेयक लागु गर्न आदेश दिएको थियो । आदेश लगत्तै मघेस प्रदेशका जिल्लाहरुमा नागरिकता लिनेको संख्या ह्वात्तै बढेको जिल्ला प्रशासन कार्यालयहरुले बताएको छ । 
अहिलेसम्म सबैभन्दा धेरै पर्सा जिल्लाबाट नागरिकता लिएका छन् । पर्साबाट दुई दिनमा ३२५ जनाले नागरिकता लिएका छन् । आइतबार १२१ जना र सोमबार २०४ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यलय सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।
उनले दुई दिनमा नागरिकता लिनेको संख्यामा उल्लेखिनीय वृद्धि भएको बताए । दिनहु हजारको संख्यामा लाइन हुन्छ हामिले दिन सक्ने भनेको धेरैमा दुईसय जनालाई मात्र हो उनले भने ।  हामिले आवश्यक कागजातको सूचना दिइसकेको हुँदा कागजात पूरा नहुँदा फर्कने भने कमै मात्रमा रहेको पौडेलले बताए । 

पर्सामा लाइन बस्नुपर्ने  हुँदा यता सप्तरीमा भने नागरीकता विधेयक पारितबाट प्रशासनमा कुनै भिडभाड रहेको छैन। जिल्ला प्रशासन सप्तरीबाट भने हिजो दुई जनाले नागरिकता लिएका छन् । सप्तरी जिल्ला प्रशासन कार्यलय नागरिकता प्रतिलीपि शाखाको अनुसार हिजो दश पन्ध्र जनामात्र नागरिकता लिन आएको र धेरैको कगजात नै पूरा नगरी आएको बताउछन्। शाखा अधिकृतका अनुसार नागरिकता लिन आउनेले सामान्य कागजात नै लिएर नआउँदा फर्किन परिहेको बताए ।

त्यस्तै दुई दिनमा धनुषाबाट १२० जनाले नागरिकता लिइसकेका छन्। आइतबार ४२ जनार र सोमबार ७८ जनाले नागरिकता दिएको जिल्ला प्रशासन कार्यलय धनुषाका सहायक जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए । 
केशरीका अनुसार नागरिकता लिनको लागि ३ हजार जनाले नाम टिपाएका छन् । उनले भने हामिले अनलाईन टोकन सिस्टम राखेको छौँ । जसमा ३ हजार जनाले टोकन लिइसकेका छन् । 
उनले भिडभाड धेरै रहेको बताउँछन्। दिनमा सयको हाराहारमिा नागरिकता दिनसक्ने क्षमता रहेको भन्दै केशरीले भने ''स्थानीय निकायलाई नै हामीले कागजात पूरा गरेर मात्र पठाउन आग्रह गरेका छौँ ।'' यसैले यँहा कार्यलयमा आएर नागरिकता नलिइ जानेको संस्या केहीमात्रमा रहेको बताउँछन्।

महोत्तरी जिल्लामा भने भिडभाडको अवस्था आएको छैन । अहिले सम्ममा ११२ जनाले वंशजको नागरिकता लिएका छन्। आमाको पहिचानको आधारमा नागरिकता लिने केस अहिलेसम्म नआइपुगेको र वंशजबाट नै ११२ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।
न्यौपानेले सबै स्थानिय निकायलाई नागरिकता लिनको लागि आवश्यक कागजात मिलाएर पठाउन मात्र निर्देशन दिएको बताए । उने भने ''हामीले सबै स्थानीय निकालाई नागरिकताको लागि आवश्यक कागजात पुर्याइ पठाउन भनेका छौँ तसर्थ अहिलेसम्म सेवाग्राही नागरिकता विहिन भएर फर्कन परेको छैन। ''
उनले अहिले कमैमात्रामा नागरिकता लिए आएका छन् स्थानिय निकायमा भने कागजात मिलाउन धाइरहेको अवस्था रहेको बताए।

सर्लाहीमा भने मध्यम स्तरमा रहेको छ । दिनमा सय जनालाई नागरिकता उपलब्ध गराउन सक्ने यस कार्यलयबाट दुई दिनमा ९२ जनाले नागरिकता लिएका छन्। नागरिकता लिनेमा आइतबार २४ जना र सोमबार ६८ जना रहेको जिल्ला प्रशासन कार्यलय  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
यादवका अनुसार नागरिकता लिनका लागि अहिले दुई सयको मात्रामा लाइन रहेको  छ । उनले नागरिकता लिन आउनेमा केहीमात्रामा कागजात पूरा नगरि आउँदा फर्किन परेको बताए।

रौतहटमा भने नागरिकता लिने सामान्य अवस्थामा रहेको छ । रौतहट जिल्लाबाट दुई दिनमा १२ वटा नागरिकता वितरण भएको छ  । समान्य बेला जस्तै सेवाग्राही रहेको जिल्ला प्रशासकीय अधिकृत मणिभुषण शाहले बताए । 
शाहले आज अलिक बढेर ५० जनाको हाराहारीमा उपस्थित रहेको बताए। आज हिजो अस्तिको तुलनामा बढी नागरिकता जाने शाहले बताए । 
नागरिकताको लागि आवश्यक कागजात नपुग्दा फर्कने धेरै रहेको उनले बताए। 

जिल्ला प्रशासन कार्यलय सिराहाका अनुसार त्यँहाबाट दुई दिनमा ११२ जनाले नागरिकता प्राप्त गरेका छन् ।  आइतबार ४१ र सोमबार ७१ ले लिएको जसमा ७१ जना जन्मको आधारमा लिएको प्रमुख जिल्ला  अधिकारी भोजराज खतिवडाले बताए । 
खतिवडाले नागरिकता लिन आउँनेको धेरै चाप नभएको बताउँदै भने  हाम्रोमा  सेवा नै दिन नसक्ने गरि सेवाग्राही आएका छैनन् आएको जतिलाई नागरिकता दिन सकिरहेको छौँ ।
उनले नागरिकता लिन आउँदा आवश्यक कागजातको कमिबाट फर्किन पर्नेको संख्या न्युन रहेको बताए।

त्यस्तै वारा जिल्लामा नागरिकता लिनेको संख्या न्युन रहेको छ । दुई दिनमा जिल्ला प्रशासन कार्यलय वाराबाट ३३ जनाले नागरिकता प्राप्त गरेका छन् । कार्यलय अगाडी आज भने भिड रहेको र नागरिकता लिनेको मात्रा बढ्ने जिल्ल प्रमुख अधिकारी नवराज सापकोटाले बताए।
सापकोटाले  नागरिकता लिन अनलाईन टोकन सिस्टम राखेकोले अझ भिड कम भएको बताए । उनले अनलाईनबाटै टोकन लिन मिल्ने भएर सजिलो रहेको छ । अहिले सम्म ५० जनामाथिले अनलाईन टोकन दर्ता गरिसकेको छन्। 
उनले आवश्यक कागजातको कमिले कमै मात्रामा नागरिकता नपाइ फर्किन परेको बताए। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद