Media Network

हराएकी महिला मृत अवस्थामा फेला


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौ।कास्की, रुपा गाउँपालिका–५ मझ्याङकोट घर भई हाल पोखरा महानगरपालिका–३० खुदी बस्ने ३६ वर्षीया गौरी बस्यौला रुपा गाउँपालिका–५ मझ्याङकोटस्थित खाली घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । साउन २६ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।यसैगरी कास्की, पोखरा महानगरपालिका–१४ खाल्टे मसिनास्थित श्रृष्टि कृषी फर्ममा काम गर्ने २५ वर्षीय प्रेम प्रसाद दाहाल सोही फर्म नजिकै झाडीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।&दाङ, गढवा गाउँपालिका–३ कोठरीस्थित गढवा कालाकाटे सडकमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद