Media Network

मृत अवस्थामा फेला


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

बाग्लुङ। गलकोट नगरपालिका–३ हटिया बस्ने ५६ वर्षीया सरस्वती कार्की सोही नगरपालिका–३ दुलाखर्कको जंगलमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेज पुलको २२ नम्बर ढोकामा पाल्पा रिप्दीकोट गाउँपालिका–२ घर भई तनहुँ देवघाटस्थित राईराम मन्दिरमा बस्ने ७७ वर्षीया लक्ष्मी ढकाल बिहीबार मृत अवस्थामा फेला परेकी छन् । भदौ ५ गते तनहुँ देवघाट नगरपालिका–५ स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा नदीले बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

रूपन्देही, सम्मरीमाई गाउँपालिका–२ परवासी बस्ने ५५ वर्षीय कुद्दु धोबी आफ्नै घरको बरन्डामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका–१६ कर्साघाटस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद