Media Network

राजनीतिले ग्रसित देवचुली विद्यालय : मेयरकै मान्छे चाहिँदा नौ महिनासम्म बनेन व्यववस्थापन समिति


अञ्जन बस्नेत

२४ असार २०८०,आईतवार

देवचुली। देवचुली नगरपालिका १६ मा रहेको देवचुली माध्यामिक विद्यालयमा नगरपलिकाको मेयरको एक छत्र राजले विध्यालयप्रति अभिभावक चिन्तित छन्। मेयर हरिप्रसाद न्यौपानेले व्यवस्थापन समितिमा राजनीतिक संरक्षक खोज्दा  विद्यायलमा गत नौ महिनादेखि विद्यालय व्यवस्थावन समिति सदस्यमै विवाद अड्किएको छ।

अधिल्लो कार्यकालको व्यवस्थापन समितिको समय गत मंसिर ५ गते सकिएको थियो। समितिको कार्यअवधि सकिएपछि विद्यालयले गत पुष ३० गते नै अभिभावक भेला गरि पुरानो समिति विघटन गरेको थियो ।त्यसपश्चात मेयर हरिप्रसाद न्यौपानेको राजनीतिक हस्तक्षेपमा नगरबाट नाम हेरफेर गर्दा समिति सदस्यमा विवादैविवाद निस्किएको छ।

नयाँ व्यवस्थापन समितिको लागि विद्यालयको अभिभावन हुनपर्ने नियम अनिवार्य रहेको छ। यसै अनुरुप समितिको लगि १६ जना अभिभावक आकांक्षी रहेका थिए । आंकाक्षीमध्येबाट नगर शिक्षा अधिकृत रामप्रसाद शर्माको उपस्थितिमा चार सदस्य चयन गेरेको थियो ।

तर मेयर न्यौपाने भने आफ्नो दलको व्यक्तिलाई सदस्य बनाउन हद नै पार गरेका छन् । उनले गैर अभिभावक टोपराज कोइरालालाई अध्यक्ष बनाउन  दबाब दिइरहेका थिए ।

नौँ महिनासम्म व्यवस्थापन समिति बिहिन बन्दा देवचुली मा.विको अवस्था विग्रदै गइरहेको छ।। समिति पूणर्ता नपाउदा लेखापालको पद खालि रहेको छ। लेखापाल नहुदाँ शिक्षक कर्मचारीलाई तलब खुवाउन कठिन रहेको विध्यालय स्रोतले बताएको छ । विद्यालयमा रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति नहुँदा पठनपाठनमा समेत गम्भिर असर पुगेको छ ।

विद्यालयले सामुदायिकतर्फ यो वर्षको एसईई नतिजामा जिल्लामै उत्कृष्ट बनेको छ ।देवचुली माध्यमिक विद्यालयबाट यस वर्ष १२५ जना विद्यार्थीहरु एसईईमा सहभागी भएका थिए त्यसमध्ये १९ जनाले ३.६ देखि ४ जीपीए, ३.२ देखि३.६ जीपीए ल्याउने ३२ जना र २.८ देखी ३.२ जिपीए ल्याउने ३० जना रहेका छन् । कुशल अधिकारीले ३.९२ ,रोमन खरेलले पनि सोही अंक प्राप्त गरि विद्यालय प्रथम बनेका छन । राजनीतिक हस्तक्षेपले विद्यालयको पठनपाठन प्रभावित हुदाँ नतिजा खस्कने अभिभावकहरुको चिन्ता रहेको छ ।

समितिको द्रोस्रो बैठकबाट व्यवस्थापन समितिमा बस्न इच्छुक १६ जनाबाट चार जनालाइ खुल्ला तर्फबाट चयन गरिएको थियो । खुल्ला तर्फ रामचन्द्र ठकुरी, महिला सदस्यतर्फ दुर्गा सुवेदी र संगिता तिमिल्सिना सर्वसम्मत चयन भएका थिए भने राजेन्द्र खत्री बहुमतीय प्रणालीअनुसार चयन गरिएको थियो ।

नगर शिक्षा अधिकृतको नेतृत्वमै बसेको चार सदस्यको बैठकले थप दुई सदस्य गिरीधर सापकोटा र सुमित्रा घोरासैनीलाई मनोनीत गरि व्यवस्थापन समितिको सदस्य पद पुर्ति भएको थियो। सबैको सहमतिमै भएको समितिको चयनमा मेयर न्यौपानेका मान्छे नपरेपछि मेयरले समिति नै रोकिएका थिए । 

स्रोतका अनुसार शिक्षा अधिकृत शर्मालाई मेयरले आफ्नो मान्छे राख्न दबाब दिएपछि समिति नै रोकिएको थियो । मेयरको दबाबपश्चात शर्माले आफ्नो नेतृत्वमा भएको अभिभावकको भेलाको निर्णय नै नमान्दा विवाद सिर्जना हुन थालेको थियो । नगर शिक्षाले खुल्ला सदस्य चौथोका नगरपालिका कै हस्ताक्षरमा हेमप्रसाद न्यौपानेलाई मनोनीत गरेको थियो।

मनोनीत सदस्यहरुमाझ रहेको विवाद शर्माले मेयर निकट एमालेका सदस्यलाई पत्रचारगरेपछि मेयरको दबाबपूर्ण राजनीति एकाएक बाहिरिएको छ।  नगरको पत्रपश्चात विद्यालयमा मेयरको राजनीतिप्रति विवादले शिखर चुमेको छ।  अभिभावहरुमा निशारजनक अवस्था भएको एक अभिभावकले बताएका छन् । 

नगर शिक्षाको मनोनीतपत्रमा नगर शिक्षा समितिको बैठक ०८०/३/१९ गतेको बैठक अनुसार विद्यालयमा लामो समयसम्म विद्यालय व्यवस्थापन समितिका अभिभावक सदस्यहरुको छनौट हुन नसकेको अवस्थामा सदस्यमा उम्मेदवार दिएका मध्ये तपसिल बमोजिम छनोट गरेको भन्दै राचन्द्र खत्रीको ठाँउमा हेमप्रसाद न्यौपानेको नाम पठाएको थियो । नगर शिक्षाले नगर शिक्षा एने ,२०७६(संसोधन सहित )को उपदफा ४ 'क' बमेजिम छनौट गरेको बताएको छ ।

व्यवस्थापन समितिको निर्माण गर्ने जिम्मा पाएका शर्माले भने आफूले अधिकार पाएतापनि पूर्ण प्रयोग गर्न नपाएको बताए । उनले "अभिभावक र राजनीतिकर्मीको विवादले काम गर्न असहज वातावण बनेको बताए।'' आफ्नो २८ बर्ष अनुभवमा यस्तो अवस्था पहिलोपटक आएको शर्माले बताए ।

नगरको कदमप्रति अभिभावकहरुले आपत्ती जनाएका थिए । अभिभावक संघ नवलपुरले नगरपालिकाले सोझै आफूखुशी व्यक्ति सिफारिस गरेको भन्दै आपत्ति जनाएको हो । संघले हेमप्रसाद न्यौपानेलाई नगरपालिकाले ठाडै हस्ताक्षर गरि ल्याएकोमा घोर आपत्ति रहेको भन्दै विज्ञप्ति निकालेको छ। नगरपालिकाले मनोनीत गरेको न्यौपानेलाई बदर गरि राजेन्द्र खत्री समर्थनमा सहित होमप्रसाद न्यौपानेलगायतका सबैको हस्ताक्षरमा रहेको समितिलाई नै सदर गनुपर्ने संघले माग गरेको छ।

मेयर न्यौपानेले भने आफूले विद्यायलय व्यवस्थापन समिति निर्माणमा केही नगरेको बताएका छन् । खबरस्टारीसँग कुरा गर्दै न्यौपानेले भने ''विद्यालयमा विगत ८ /९ महिनादेखी व्यवस्थापन समितिले पूर्णता थिएन ,त्यसलाई पुर्णता दिन नगर शिक्षा ऐन संसोधन गरि चौँथो सदस्य चयन गरेका हौ।" व्यवस्थापन समितिको तीन सदस्य प्रावधान अनुसार नै चयन भएको र बाँकी एकलाई नगरले चयन गरेको भन्दै उनले समिति निर्माणमा आफूले कुनै अवरोध नगरेको बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद