Media Network

निजी हेलिकप्टर कम्पनीलाई हेलिपोर्ट निर्माणमा मन्त्रालयको स्वीकृती, सेनाको असहमति (पत्रसहित)


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०८०,मंगलवार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली सेनाको असहमतिका बाबजुद एक निजी हेलिकप्टर कम्पनीलाई हेलिपोर्ट निर्माण गर्न स्वीकृत दिएको छ । 

मन्त्रालयले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १४ राउत गाँउको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माणका लागि स्वीकृत दिएको हो ।

गत जेठ २६ मा उक्क्त स्वीकृती पत्रमा मन्त्री सुदन किराँती र सचिव सुरेश अधिकारीले हस्ताक्षर गरेका छन् । सिम्रिकले अन्तराष्ट्रिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण तथा सञ्चालनका लागि आशयपत्र उपलब्ध गराईदिन भन्दै सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा २०७९ पुस १३ मा निवेदन दिएको थियो ।

तर सेनाले निजी क्षेत्रलाई हेलिपोर्ट निर्माण तथा सञ्चालन गर्न दिँदा विभिन्न खाले तस्करी र गैहकानुनी गतिविधि नियन्त्रण गर्ने कार्य चुनौतिपूर्ण हुने र सुरक्षा संवेदनशीलतालाई पनि ख्याल गरेर मात्र निर्णय लिनुपर्ने भन्दै हेलिपोर्ट निर्माण गर्न दिने विषयमा असहमति जनाएको थियो ।

सिम्रिक एयर प्रालि क्याप्टेन रामेश्वर थापाको निजी कम्पनी हो ।

नेपाली सेनाले गत बैशाख ६ मा सुझाव दिदै निजी कम्पनीलाई हेलिपोर्ट निर्माण र सञ्चालन अनुमति दिने विषयमा असहमति जनाएको थियो ।तर पर्यटन मन्त्रालयले रक्षाको सुरक्षा चासो र संवेदनशीलतालाई विशेष मनन गदै कानुन वमोजिम जिम्मेवार निकायहरुबाट हवाई सुरक्षा संवेदनशीलतालाई पूर्ण रुपमा सम्वोधन हुने तथा हेलिपोर्ट निर्माण गर्दा स्थापित मापदण्डहरु पूर्ण रुपमा लागु गरेर पूर्ण रुपमा जिम्मेवार र जवाफदेही हुने गरी कार्य गर्न भन्दै सिम्रिक एयरलाइ हेलिपोर्ट निर्माण र सञ्चालन स्वीकृती दिएको हो ।

मन्त्रालयले विभिन्न ऐन, नियमावली र सरकारले हेरक गाँउपालिकामा हेलिप्याड निर्माण गर्ने गरी लिएको नितिगत निर्णयलाई आधार बनाएर सिम्रिकलाई हेलिपोर्ट निर्माणको स्वीकृती दिएको हो ।

मन्त्रालयले नागरिक उडडयन प्राधिकरण विमानस्थलको निर्माण, पूर्न निर्माण, विकास, विस्तार तथा मर्मत सम्भार गर्ने जिम्मेवारी समेतलाई प्रभवकारी बनाउने गरि सिम्रिक एयर प्रालिलाई काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर १४ राउत गाँउको माथिल्लो भाग इटापु डाँडामा नेपाल नागरिक उडडन प्राधिकरणको स्वीकृत मापदण्ड र सुपरिवेक्षणमा रहेर अन्तराष्टिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण तथा सञ्चालनको लागि सैद्दान्तिक सहमति उपलब्ध गराउन लेखि पठाउन जेठ २३ मा निर्णय लिएको हो ।

तर मन्त्रालयले नेपाल नागरिक उडडयन प्राधिकरणबाट जारी जमिनको सतहमा हेलिप्याड निर्माण तथा सञ्चालन सम्वनधी कार्यविधि २०७५ लाई आधार बनाएर अनुमति दिएको छ । उक्त कार्यविधिमा प्रत्येक स्थानीय निकायमा हेलिप्याड निर्माण गरी गाँउगाँउमा हेलिप्याड निर्माण गर्ने नेपाल सरकारको नीति कार्यान्वयन गर्न यस कार्यविधि वमोजिम निर्माण हुने हेलिप्याडको सञ्चालन तथा ब्यवस्थापन सम्वन्धी स्थानीय तहको हुने ब्यवस्था छ ।

गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन २०१५ अनुसार हेलिपोर्ट हेलिप्याड विमानस्थलकै परिभाषामा पर्ने र गैर सैनिक हवाई उडान नियमावली २०५२ को परिच्छेद १० मा सञ्चार तथा विमानस्थल सुरक्षा सम्वन्धी ब्यवस्था रहेको उल्लेख गरिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद