Media Network

जिल्ला प्रशासन नवलपुरको ज्यादती : संघसंस्थाका संरचना बन्न नपाउदै भत्काउँछ


अञ्जन बस्नेत

२३ असार २०८०,शनिबार

कावासोती । शिल्यान्यास गरेको ४ बर्ष वितिसक्दा पनि डिपिआर निर्माणमै अलमलिएको अवस्थामा नमुना सदरमुकाम भित्र सदरमुकाम अवधारणा ल्याउनु अघिनै विभिन्न संघसंस्थाका बनेका संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय नवलपुरले भत्काउन सुरु गरेको छ।

यस अघि जिल्ला प्रशासन कार्यालय नवलपुरल नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका साझा संग्रालय निर्माण स्थलमा बनेको टहरा भत्काएको प्रशासनले त्यस पछि क्षेत्री समाजको भवन र  शुक्रबार नवलपुर उद्योग वाणिज्य संघको भवन भत्काएको छ ।

जिल्ला प्रशासनले सुरक्षा निकायको प्रयोग गरी आधिकारिक जानकारी समेत नदिइ शौलीमा उद्योग वाणिज्य संघको भवनलाई जबरजस्ती प्रहरी प्रयोग गरी भत्काउने काम गरेको निर्माणमा प्रयोग गरिएका सामग्री समेत जफत गरेर लैजाने कार्य गरेको भन्दै नवलपुर उद्योग वाणिज्य संघले बताएको छ।

नवलपुर उद्योग बाणिज्य संघले कावासोती –३, राममन्दिर क्षेत्र भित्र २०७६ सालामा कार्यालय स्थापना गर्न केही क्षेत्र तार पोल गरी टिनको छानो लगाउने कार्य सम्पन्न गरेको थियो । २०७८ साल पौष २२ गते तत्कालिन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले नवलपुर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो।

निणर्य भएतापनि  कहाँ बनाउने टुंगो नहुदाँ भवन निर्माण कार्य अन्योलमा परेकोल थियो।े दलहरुको सहमतिमा अर्को व्यवस्था नहुदा सम्म अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा भवन निर्माण भइरहेको थियो।

कार्यालयलाई व्यवस्थापन गर्ने बिषयमा जिल्लामा रहेका दलका प्रमुख एवम् प्रतिनिधिहरु, संघका पुर्व सल्लाहकारहरु, पूर्व अध्यक्षहरु समेतको संयुक्त बैठक बसी जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गई अर्को व्यवस्था नहुदासम्मका लागि नवलपुर उद्योग बाणिज्य संघलाई अस्थायी रुपमा कार्यालय संचालन गराउनका लागि अनुरोध समेत भएको, वार्ता र सम्वादको माध्यमबाट समस्यालाई समाधान गर्न दलले गरेको आग्रहलाई समेत प्रशासनले उपेक्षा गरेको नवलपुर उद्योग वाणिज्य संघले बताएको छ।

संघले प्रेस विज्ञप्ती मार्फत प्रशासनले आफ्नो वल प्रयोग गरी ज्याजतिपूर्ण रुमान गरिएको यस्तो गैह्र न्यायिक कार्यको यथासक्य जग्गा व्यवस्थापन गर्ने, भवन निर्माण गर्ने, भत्काईएको भवनको पूर्णरुपमा क्षतिपूर्तीको व्यवस्थापन गर्न जोडदार माग गर्दै समस्या सामधान नभएमा चरणवद्धरुपमा आन्दोलन गर्न बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार जिल्ला प्रशासन कार्यालय हुने समेत प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएकोछ ।

नमुना सदरमुकामको अवधारणा ल्याउनु अघि र नमुना सदरमुकाम शिलान्यास गर्नु अघिनै यहाँ नेपाल आदिवासी जनजाति महासंघको संग्राहलय, नेवा समुदायको गुठी, विश्वकर्मा मन्दिर, गौशाला, क्षत्री समाजको भवन, भुजेल समाजको भवन लगयातका संरचनाहरु बनेको थियो।

जिल्ला भित्र रहेको जिल्ला तहका सार्वजनिक संघसंस्थाहरुले भवन निर्माण तथा कार्यलय निर्माणका लागि जग्गा माग गर्दै आए पनि प्रशासन, राजनीतिक दल, जनप्रतिनिधिहरुले त्यसको उपेक्षा गर्दै आएका छन् ।

कावासोती नगरपालिकाले यहाँ रहेका गुम्बा, मठमन्दिर तथा गुठीलाई भौतिक संरचना निर्माण गर्न खोज्दा प्रशासनले प्रहरी प्रयोग गरेर पटक पटक भौतिक संरचना निर्माण कार्य रोक्दै छ।

नेपाल आदिवासी जनजाति महासंघको संग्राहलय निर्माण स्थल, यहाँ बनेको टहरा प्रशासनले प्रहरी लगाएर भवन भत्काइ यहाँका संरचनाका सामानहरु आफै लगेर गएको थियो

नमूना सदरमुकाम निर्माण कार्य नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष बितेको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने उद्देश्यले शिलान्यास भयो । आज शिलान्यासको चार वर्ष पूरा भएको छ । तर शिलान्यासको चारवर्षमा जिल्लाको नमूना सदरमुकाम बनाउने परियोजनाको नक्साङ्कनमा बितेको छ ।

नमूना सदरमुकाम निर्माण स्थलमा बनाउने भनिएका सरकारी कार्यालयका भवनको हालसम्म काम सुरु भएको छैन । नमूना सदरमुकाम स्थल खुला चौरकै रुपमा छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माणको काम हेरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद