Media Network

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान


खबरस्टोरी संवाददाता

२ माघ २०७९,सोमबार

गण्डकी । आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिएको छ ।

पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद