Media Network

प्रदीप गिरि भन्नुहुन्थ्यो– ‘मच्छड मारेर केही हुँदैन, समस्या त फोहोरमै छ।’


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौँ।स्वगिय कांग्रेसका नेता प्रदीप गिरिले भन्नुहुन्थ्यो मच्छड मारेर केही हुँदैन।समस्या त फोहोरमा छ । आज यिनै भनाइको याद आइरहेको छ । 

घटना माघ १० गतेको हो । संसद भवन अगाडी एक पुरुषले आफ्नो शरिरमा आगो लगाई आत्मदाह गरे। उनले देशका लागिसुझावको चित्कार दिँदै आत्मदाह गरिरहेको अवस्थामा नेपाल प्रहरिले उद्धार गर्ने प्रयार गर्यो तर हस्पिटलमा उसको  निधन भयो । 

प्रेमप्रसाद आचार्य ‘सन्तोष’ जसले आफ्नो असफलताको आत्मावृतान्त सुनाउँदै अलबिदा भए । उनि एक पात्रमात्र हुन् ।सन्तोष जस्ता धेरै व्यवसायीहरु अहिले मरणसन्य अवस्थामा रहेका छन् । उनको सुरक्षामा सरकारको ध्यान नजानु हाम्रो दुभाग्र्य नै ठान्नु परेको छ । 

प्रेमप्रसादले आफ्नो बकपत्रमा व्यक्तिगत जीवनका हण्डर–ठक्कर र दुःखका फेहरिस्तमात्र प्रस्तुत गरेका छैनन्, सरकारलाई देशको व्यवसायिक वातावरण सुधार्न २५ बुँदामा सुझाव दिएका छन् ।

सन्तोष एउटा नजिर  नबनोस । निर्लज्ज राजनीतिको स्वार्थबोध सरकारको अहोदामा रहेका नेतागढहरुको भावपूर्ण श्रदाञ्जलि त आयो तर सन्तोषको आत्मसन्तोष पार्ने अभिव्यत्ति आउन सकेन ।

जिउँदै जलिरेहेको त्यो शरिर हेर्दै सामाजिक सञ्जालमा आउन थाल्यो। यो त एक पात्र मात्र हुन्। अरुमा आट नभएको मात्र हो नत्र यो घटना कुनै नयाँ घटना भने होइन । उखु किसानले अवस्थाले नै प्रष्ट्र पारिदिन्छ कि यँहा सोझा उधोगि,व्यापारिको लागि ठाँउ नै छैन।,मिटरब्याज कर्जामा साहूलाई व्याज तिर्दा तिर्दा श्रिसम्पति सकि आत्महत्या गर्ने अवस्थामा पूगिसकेका छन्।

सन्तोषको यो देहत्यागलाई एउटा क्रान्ति नै भन्न पर्छ । उनले यो निर्णयले उनिजस्तै कयोँ पिडितमा न्याय पलाउँछ भनेर सोच्ने सोचलाई सलाम । बर्षेनि उखु किसान सडक आन्दोलममा छन्। उनलेन्याय पाउने आशा झिनो भएता पनि बाध्य अवस्थामा सरकारसँग न्यायको एउटा झिल्को सल्काईदेलान् कि भन्ने भरोसामा माइतिघरमा बसिरहेका हुन्छन् । 

सरकारको नजर फोहोरमा होइन मच्छडमा छ । फोहोर बढ्दो छ सरकार मच्छड मार्ने लिक्युड बाढ्ने कार्य गर्दछ । अहिले यस्तै भएको सन्ताषको आत्मदाहले सन्तोषको समस्या के थियो भन्नेमा ध्यान गइरहेको छ ।तर गृह मन्त्रालयको ध्यान आत्मदाह रोक्ने तिर लागेको छ ।

 मान्यज्यु पेट्रोलियम पदार्थ बोतलमा दिएर सन्तोषले आत्मदाह गरेको होइन ।उसले सरकारले दिएको अर्थतन्त्रको असपलताले आत्मदाह गरेको हो । पेट्रोल त रोक्नुहोला तर आगोको झिल्लो त रोक्न सक्नुहुन्न् नि । जिउँदो तड्पाएर मार्ने सरकारको निति हो कि बचाउने निति छ  यसको स्पष्ट्रता कहिले दिने ,युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने

महाराष्ट्रको मराठावड़ा क्षेत्रमा २०२२ मा मात्र १०२१ किसानले   आत्महत्या गरेका छन् ।जबकि पिछिल्लो साल ८८७ जना किसानले आत्महत्या गरेका थियो । सरकारको लापर्वाहि बढ्दै जाने हो भने केह बर्षमै यस्तो तथ्यांक नेपालको पनि आउने अवस्था शुरु भइसकेको छ । 

कृषि पेशामा मात्र होइन व्यवसायमा नि यसको नजिर देखिसकेको छ । देशको राजधानिमा भएको एक घटनाले त्यो दुरदजारको गाँउको अवस्था कस्तो होला भनि कल्पना गर्न सक्ने अवस्था छैन। सरकारि नकिायप्रति विश्वास मर्दो छ । अहिले परिर्वतन गर्न आएका सरकारका अंगहरुको व्यवहारले पनि पिडितको आँखामा न्यायको आश देखाउन सक्ने अवस्था रहेको छ । 

प्रेमप्रसादले आफ्नो ऋणबाट भाग्नमात्रै मृत्युवरण रोजेका थिएनन् । उनले जिम्मेवार निकायहरुलाई झक्झकाउन पनि आफ्नो प्राण आहुति दिएका हुन

Share:
Reaction :
ताजा समाचार
खेलकुद