Media Network

रानीपोखरीमा दिदी बहिनी नहुनेको भीँड (फोटोफिचर)


खबरस्टोरी संवाददाता

२९ कार्तिक २०८०,बुधबार

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरुको बुधबार विहानैबाट भीँड लागेको छ । दिदी–बहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ । विहानैबाट यो मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ ।

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ ।

मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकाहरुसँग टीका थाप्ने चलन छ । भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिर भने बिहानैदेखि खुलेको छ । 

थप तस्विरहरुः 



Share:
Reaction :
ताजा समाचार
खेलकुद