Media Network

राष्ट्रिय विभूति भृकुटीको सालिक भृकुटीमण्डपमा


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७९,बिहीबार

काठमाडौं । राष्ट्रिय विभूति भृकुटीको सालिक भृकुटीमण्डपमा स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको सालिक अनावरण गरेकी हुन् ।

सालिक अनावरणपछि मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विवाह चिनियाँ शासक श्रङ चङगम्पोसँग भएपछि नेपाल र चीनको दौत्य सम्बन्ध स्थापित भएको उल्लेख गरिन् । भृकुटीको सालिक निर्माण गरिएपछि भृकुटी को हुन भन्नेबारे सबैले जानकारी पाउने उनको भनाइ छ ।

उनले राष्ट्रिय विभूतिहरूलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको पनि बताइन् । मन्त्री रेग्मीले संस्कृतिलाई बिर्सिन थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरक्षणमा जुट्न आग्रह गरिन् ।

उनले हरेक संस्कृतिका धरोहरहरूको खोजी गरी संरक्षण प्रवर्द्धनमा लाग्नुपर्ने आवश्यकता औँल्याइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद