Media Network

सरकारसँगको वार्तापछि पुन भन्छन्ः माग सम्बोधन नभएसम्म आन्दोलन रोक्दैनौ !


खबरस्टोरी संवाददाता

१७ बैशाख २०८०,आईतवार

काठमाडौं । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सोमबार सम्ममा पुरा गर्ने भएको छ । आइतबार सिंहदरबारमा भएको वार्तापछि पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको बताए ।

पुनका अनुसार सरकार र पुनबीच औपचारिक वार्ता भने साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ ।

पुनलाई प्रचण्डको फोन

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पुनको माग सम्बोधन गर्न चासो देखाएका छन् ।सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आइतबार भएको वार्ताको क्रममै प्रचण्डले माग पुरा गर्नका लागि दुई पटक फोन गरेर चासो देखाएको पुनको भनाई छ ।

आफूहरुको माग भोलिसम्ममा पुरा गर्ने सरकारले प्रतिबद्धता जनाएको पुनले बताए । पुनले प्रधानमन्त्रीकै चासोमा आफूहरुलाई वार्तामा बोलाइएको पनि बताए ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए । आन्दोलनमा समर्थन जुट्दै गएपछि पुनसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद