Media Network

सुर्खेतमा गाडी दुर्घटना, चार जनाको मृत्यु


खबरस्टोरी संवाददाता

८ माघ २०७९,आईतवार

सुर्खेत । सुर्खेतमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएको छन् ।

आइतबार बिहान करिब २ बजे गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएका छन्।

 सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा.प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर-११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ।

उक्त गाडी अनियन्त्रित भई सडकबाट ८० मिटरजति तल खस्दा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ काराजेन्द्र बीसीको मृत्यु भएको हो ।

यस्तै, घाइते हुनेमा दैलेखकै भैरवी गाउँपालिका ५ का वर्ष २६ का वीरेन्द्रराज शाही घाइते भएका छन्। उनको उपचार प्रदेश अस्पताल सुर्खेतमा भइरहेको कार्कीले जानकारी दिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद