Media Network

सत्ताको भोगमा बदनाम गरिएको सभामुख पद


अञ्जन बस्नेत

१७ श्रावण २०८०,बुधबार

काठमाडौँ।राष्ट्रपति तथा सभामुख जस्तो गरिमामय पद गैर राजनीतिक हुनुपर्छ भन्ने एउटा आवाज निस्किएको थियो । नेपालको परिपेक्षमा भने यो सम्भव रहेन तर शिर्ष दलका राजनैतिक गतिविधिले भने यसलाई अपरिहार्य नै रहेको देखाएको छ ।

सरकारमा जाँदा त्यो सरकारी जनप्रतिनिधिमात्र रहदैन उ पार्टी भन्दापनि माथि देश र जनताको हुन्छ । हाम्रो संसदीय व्यवस्थामा पनि राष्ट्रपति तथा सभामुख पदलाई स्वतन्त्रको प्रतिक मानिन्छ ,तर राजनैतिक क्रियाकलापको राजनैतिक छाँयाबाट अछुतो भने रहन सकेन । 

संघीय सरकारको सभामुख हेरम या प्रदेशको सभामुख आफ्नो पार्टीपट्टि लचक नभएको सभामुख नै रहेनन् । पार्टीबाट सक्रिय राजनीति छाडेर सभामुख हुदैँमा स्वतन्त्र नहुने रहेछ भन्ने हामिले गत अभ्यासहरुबाट नै देखिसकेका छौँ ।

अहिले सत्तारुढ गठबन्धनले कोशी प्रदेशसभा सभामुख बाबुराम गौतमलाई खुलेहाम बदनाम गराएर राजीनामा गर्न लगाए।

यसअघि २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखकै हैसियतमा हस्ताक्षर गरेका कारण सर्वोच्च अदालतमा मुद्दा प¥यो र सर्वोच्चले उनको समर्थन संविधान विपरीत ठहर गरेपछि गौतममाथि पदीय मर्यादा कायम गर्न नसकेको आरोप लागेको छ । निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुख सत्ताको जोडघटाउमा जोडिएपछि आलोचित बनेका थिए । 

संसदीय मान्यता विपरीत पदको गरिमा राख्न नसकेको आरोप पनि उन माथि लाग्यो । उनको पदबाट राजीनामाले सभामुख पदलाई न्याय दिने त थियो तर उनि सरकार बनाउने जोड घटाउकै लागि राजीनामा दिएर मन्त्रीपदको खेलमा लागे ।

अन्ततः थापालाई फेरि मुख्यमन्त्रीमा समर्थन गर्न गौतमले मंगलबार पदबाटै राजीनामा दिए ।

सभामुखको समर्थनमा बनेको सरकारलाई सर्वोच्चले बदर गरिदिए पनि कडा भूमिकामा रहेको  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख गौतमको कदम प्रति खुलेर विरोध गर्न चाहेन । गौतमको राजीनामा माग गर्दा अंकगणितमा आफैलाई अफठ्यारो पर्ने भएपछि सभामुखप्रति नेकपा एमाले मौन बसेको थियो ।

सभामुखले पनि कसैले राजीनामा नमागेका कारण राजीनामा नदिने अडानमा थिए । तर मुख्यमन्त्रीमा दाबी नपुग्ने भएपछि सत्ता गठबन्धनले गौतमलाई मन्त्रीपद सँग सभामुखको  राजीनामा साट्न बाध्य बनायो । मंगलबार सञ्चारकर्मीसँग उनले इच्छा विपरीत राजनीतिक निकासका लागि राजीनामा दिनुपरेको बताए ।

‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । मैले कसैसँग अप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो’, उनले भने, ‘तर परिवेशले मलाई त्यहाँ पु¥यायो र मैले राजीनामा गर्नुपर्ने भयो ।’

उनको राजीनामा पछि नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि बढेको छ।नेपाली कांग्रेस नेतृत्वका कारण सभामुख बदनाम भएको माओवादीका असन्तुष्ट सांसदको गुनासो रहेको माओवादी निकट स्रोतले बताएको छ । उनीहरुले २१ असारमा सभामुखकै हैसियतमा छुट्टै हस्ताक्षर गर्न लगाउनु गल्ती भएको बताएका छन्

सर्वाेच्चले मुख्यमन्त्रीको नियुक्ति बदर गरेपछि सत्तारुढ गठबन्धनले राप्रपाको साथ लिएर सरकार बनाउन खोजेको थियो । तर राप्रपाले सहयोग नगर्ने भएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई राजीनामा गर्न निर्देशन दिएका माओवादी स्रोतको भनाइ छ । सुरुमा राजीनामा गर्न नमानेका गौतम मंगलबार विहान प्रचण्डसँगको भेटपछि राजीनामा दिन तयार भए ।

उनको राजीनामा पछि सत्तारुढ गठबन्धनसँग कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ मत पु¥याएको थियो र मुख्यमन्त्रीमा थापा नियुक्त पनि भए ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री उद्धव थापाले सभामुखले गठबन्धनका लागि त्याग गरेको भन्दै धन्यवाद दिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि गठबन्धन सरकार बनाउनका लागि सभामुखले ठूलो त्याग गरेको बताए ।

‘उहाँले एउटा ठूलो राजनीतिक निर्णय दिएर प्रदेशलाई निकास दिनुभयो, यसका निम्ति हामी गठबन्धन दल सभामुखप्रति आभारी छौं’, उनले भने, ‘उहाँलाई भोलि के गर्ने भन्ने खास छलफल भएको छैन, उहाँको कुनै शर्त पनि छैन ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद